‘प्रशासनमा कर्मचारी टिकाउनै मुस्किल छ’ « Khabarhub

‘प्रशासनमा कर्मचारी टिकाउनै मुस्किल छ’


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

भजनी– गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताएका छन । इलाका प्रशासन कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले कामको चापका कारण प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताए ।

“राज्यबाट नागरिकका लागि थप हुने सेवा सुविधा गृह मन्त्रालयमार्फत थप हुँदै गएका छन् । जनशक्ति थप हुने कुरामा समस्या हुँदै आएको छ”, उनले भने, “भएको जनशक्ति पनि कामको चाप बढी हुने भएकाले प्रशासनमा बस्न मान्दैनन् ।” उनले कर्मचारीलाई प्रशासन क्षेत्रमा टिकाउनका लागि थप सेवा सुविधाको व्यवस्थापन गर्न आवश्यक देखिएको उल्लेख गर्दै त्यसमा मन्त्रालयले समन्वय गरिरहेको बताए।

सेवाग्राहीका दृष्टिकोणले इलाका प्रशासन कार्यालय टीकापुरमा जनशक्ति थप गर्ने कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उहाँले ११ कर्मचारीले कैलालीको कूल जनसङ्ख्याको एक तिहाइ सेवाग्राहीलाई सेवा प्रवाह गर्नु चानचुने कुरा नभएको बताए ।

विसं २०७७ पुस २६ गते प्रशासन कार्यालयको भवन निर्माणका लागि नागार्जुन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । विसं २०७९ पुस २५ गते सम्पन्न गर्नुपर्ने भवनको काम निर्माण कम्पनीले समयभन्दा अगाडि विसं २०७९ असोज ७ गते नै सम्पन्न गरिसकेको थियो । रु तीन करोड २३ लाख ८८ हजार पाँच सय ३१ को लागतमा भवन निर्माणको लागि सम्झौता भएको थियो ।

इलाका प्रशासन कार्यालय टीकापुरमा कैलालीका पाँच स्थानीय तहका सेवाग्राही सेवाका लागि आउने गरेका छन् । टीकापुर, भजनी, लम्कीचुहा नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाका करिब तीन लाख १५ हजार सेवाग्राहीले प्रशासन कार्यालयबाट सेवा लिने गरेको कार्यालयका प्रमुख पुष्कर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १० : ५७ बजे

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र

मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्ना शहरमाथि आक्रमण रोकिएको देखिने

सरकारी संरचना तोडफोड र जलाउने योजनाकारलाई भोट नहाल्न एमाले नेता दाहालको आग्रह

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर एवम्

अमेरिकी सरकार सटडाउनतर्फ

एजेन्सी– अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय

यूएई र साउदी अरबपछि अजरबैजानले भन्यो, ‘इरानविरुद्ध युद्धका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौं’

बाकु- अजरबैजानले छिमेकी देश इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीका लागि