‘प्रशासनमा कर्मचारी टिकाउनै मुस्किल छ’ « Khabarhub

‘प्रशासनमा कर्मचारी टिकाउनै मुस्किल छ’


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

भजनी– गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताएका छन । इलाका प्रशासन कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले कामको चापका कारण प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताए ।

“राज्यबाट नागरिकका लागि थप हुने सेवा सुविधा गृह मन्त्रालयमार्फत थप हुँदै गएका छन् । जनशक्ति थप हुने कुरामा समस्या हुँदै आएको छ”, उनले भने, “भएको जनशक्ति पनि कामको चाप बढी हुने भएकाले प्रशासनमा बस्न मान्दैनन् ।” उनले कर्मचारीलाई प्रशासन क्षेत्रमा टिकाउनका लागि थप सेवा सुविधाको व्यवस्थापन गर्न आवश्यक देखिएको उल्लेख गर्दै त्यसमा मन्त्रालयले समन्वय गरिरहेको बताए।

सेवाग्राहीका दृष्टिकोणले इलाका प्रशासन कार्यालय टीकापुरमा जनशक्ति थप गर्ने कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उहाँले ११ कर्मचारीले कैलालीको कूल जनसङ्ख्याको एक तिहाइ सेवाग्राहीलाई सेवा प्रवाह गर्नु चानचुने कुरा नभएको बताए ।

विसं २०७७ पुस २६ गते प्रशासन कार्यालयको भवन निर्माणका लागि नागार्जुन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । विसं २०७९ पुस २५ गते सम्पन्न गर्नुपर्ने भवनको काम निर्माण कम्पनीले समयभन्दा अगाडि विसं २०७९ असोज ७ गते नै सम्पन्न गरिसकेको थियो । रु तीन करोड २३ लाख ८८ हजार पाँच सय ३१ को लागतमा भवन निर्माणको लागि सम्झौता भएको थियो ।

इलाका प्रशासन कार्यालय टीकापुरमा कैलालीका पाँच स्थानीय तहका सेवाग्राही सेवाका लागि आउने गरेका छन् । टीकापुर, भजनी, लम्कीचुहा नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाका करिब तीन लाख १५ हजार सेवाग्राहीले प्रशासन कार्यालयबाट सेवा लिने गरेको कार्यालयका प्रमुख पुष्कर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १० : ५७ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १२ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम