क्रोएसियासँग पराजित भएपछि ब्राजिलका प्रशिक्षकले दिए राजीनामा « Khabarhub

क्रोएसियासँग पराजित भएपछि ब्राजिलका प्रशिक्षकले दिए राजीनामा


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलको राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन्।

शुक्रबार रातिको खेलमा ब्राजिल पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रमुख प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका हुन्।

निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा १-१ को बराबरी भएपछि ब्राजिल र क्रोएसियाको खेल पेनाल्टी सुटाउटबाट टुंगिएको थियो।

ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४-२ ले हराएपछि प्रशिक्षक टिटेले पदबाट राजीनामा गरेका हुन्।

उनी २०१६ मा ब्राजिलको प्रशिक्षक नियुक्त भएका थिए। टिटेको नेतृत्वमा ब्राजिलले ६० खेल जितेको छ। उनकै नेतृत्वमा २०१९ मा ब्राजिलले कोपा अमेरिका कप जितेको थियो।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : ०४ बजे

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु