समानुपातिक सांसद छान्न पुराना दललाई सकस, नयाँले टुंग्याए  « Khabarhub

समानुपातिक सांसद छान्न पुराना दललाई सकस, नयाँले टुंग्याए 


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद छान्न पुराना दलहरूलाई सकस भएको छ । निर्वाचन आयोगमा नाम पठाउने अन्तिम दिन आज अधिकांश दलहरूले नामावली तयार गर्ने भएका छन् । प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाको नाम दलहरुबाट आयोगमा पेस गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार दलहरु लागिपरेका हुन् ।

निर्वाचन आयोगले शनिबारसम्म समानुपातिक सांसदको नाम पठाउन भनेका कारण दलहरुले आजै नाम टुंग्याएर पठाउने तयारी गरिरहेका छन् । दलहरुले यसअघि आयोगमा बन्दसूची पठाए पनि नेतृत्वको तजबिजमा केही फेरबदल हुन सक्ने भए पछि आकांक्षीहरूले नेताहरुको घर र पार्टी कार्यालय घेरे पछि नेतृत्वलाई सकस परेको हो।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा, राप्रपा लगायतका पुराना दलले आज पार्टीको बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । समानुपातिकतर्फ प्राप्त ३२ सांसदमध्ये कांग्रेसलाई आयोगले २९ जना महिला र तीनजना पुरुष सांसद पठाउन सूचित गरेको छ । त्यसैगरी कांग्रेसले प्रदेशमा १११ सांसदको टुंगो पनि आजै लगाउनेछ ।

यसैगरी पार्टीमा सांसद बदल्न दबाब बढेपछि समानुपातिक सांसद छनोट गर्न शुक्रबार बोलाइएको एमालेको सचिवालय बैठक अन्तिम समयमा आएर शनिबारका लागि स्थगित गरिएको थियो । एमालेले प्रतिनिधिसभामा ३४ सिट र प्रदेशमा ९१ सिट पाएको छ ।

नेकपा माओवादी केन्द्रको शुक्रबारको पदाधिकारी बैठक पनि समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै सकिएको थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर टुंगो लगाउने गरी सकिएको सचिव लीलामणि पोखरेलले जानकारी दिएका थिए । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाएको छ ।

प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले समानुपातिकतर्फ सातवटै प्रदेशमा गरी नौ सिट पाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीले प्रदेशको समानुपातिक सांसद टुंग्याइसकेको छैन ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि आजै बिहान बस्दैछ । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले समानुपातिकमा पाँचजना सांसद टुंग्याउने प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिएका छन् ।

समानुपातिकमा पनि सातै जना सांसद पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आजै बैठक बोलाएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोसपाले राष्ट्रिय दलको मान्यता नपाए पनि प्रतिनिधिसभातर्फ चार सिट जितेको छ । उसले प्रदेशसभातर्फ मधेस प्रदेशमा दुई र लुम्बिनी प्रदेशमा एक गरी तीन जनाको नाम टुंगो लगाइसकेको छ ।

नयाँ दलले टुंग्याए
संघीय संसदमा पहिलो पटक सहभागी भएका तीन दलमध्ये सिके राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिक सांसद टुंग्याइसकेका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आज बस्ने केन्द्रीय समिति बैठकले यसअघि तयार गरिएको १३ जनाको सूचीलाई नै अनुमोदन गर्ने प्रवक्ता मुकुल ढकालले बताए। स्वतन्त्र पार्टीले गत असोजमा प्राइमरी इलेक्सन गरी ३९ हजार १३ मतबाट सांसदको लिस्ट तय गरिसकेको छ ।

यसैगरी जनमत पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभामा पाँच जनाको नाम टुंगो लगाएको हो । धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनिताकुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् ।

जनमतले मधेस प्रदेशतर्फ मधेशी महिलाबाट वविता राउत, अल्पसंख्यकबाट पार्टीका महासचिव चंदन सिंह, दलितबाट रंजु कुमारी खंग खत्वे, मधेशी महिलामा अनिता कुमारी साह, मधेशी पुरुषमा पार्टीका उपाध्यक्ष बसन्त कुमार कुशवाहा, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातीमा भाग्यश्री कुमारी चौधरीलाई पठाउने निर्णय गरिसकेको छ । लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पाएको दुई सिटमा खस आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातिबाट गीता गुरुङको नाम टुंगो लगाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले शुक्रबार नै नाम टुंगो लगाएको हो। रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २/२ र मधेश प्रदेशमा १ सिटसहित ५ समानुपातिक सिट पाएको छ । पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दामोदर पण्डितको नाम टुंग्याइएको छ । लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको तथा मधेश प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरी छनोट भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ भने प्रदेशतर्फ ७ सिट जितेको छ ।

बन्दसूचीअनुसार नाम मिले वा नमिलेको आयोगले जाँच गरेर फेरि दलहरुलाई सोमबारसम्म सच्याउन समय दिनेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ५२ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले