विश्व इतिहासमा आजका दिन भएका केही घटना « Khabarhub

विश्व इतिहासमा आजका दिन भएका केही घटना


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज १० डिसेम्बर । अन्य दिनमा जस्तै आज पनि विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण विश्व घटना :

अर्जेन्टिनामा महिला राष्ट्रपति
सन् २००७ को १० डिसेम्बरमा अर्जेन्टिनाले पहिलो महिला राष्ट्रपति पाएको थियो । आजकै दिन क्रिष्टिना फर्नेन्डाइज क्रिच्नर अर्जेन्टिनाको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् ।

विश्व मानवअधिकार दिवस
सन् १९४८ मा राष्ट्रसंघले मानवअधिकारवारे विश्वव्यापी घोषणा अंगीकार गरेको थियो । घोषणामा मानिसहरुको आधारभूत अधिकारलाई विश्वव्यापी रुपमा संरक्षण गरिएको छ । घोषणा गरेको दिन १० डिसेम्बरलाई विश्व मानवअधिकार दिवस मनाइन्छ ।

पहिलो पटक नोबेल पुरस्कार वितरण
सन् १९०१ को १० डिसेम्बरमा पहिलो पटक नोबेल पुरस्कार वितरण गरिएको थियो । स्वीडेनका रसायनशास्त्री डा. अल्फ्रेड नोबेलको मृत्युको पाँच वर्षपछि पहिलो नोबेल पुरस्कार घोषणा गरिएको थियो ।

मिसीसिपी अमेरिकाको २०औं राज्य
सन् १८८७ मा मिसीसिपी अमेरिकाको २०औं राज्य बनेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ९ : ५४ बजे

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट, मासु खान मिल्छ की मिल्दैन ?

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो 

म्याग्दी– सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई

म्याग्दीको मुनामा पक्की नाला निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको