लुम्बिनी प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

राप्ती गाउँपालिका–३ लालमटियामा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ। ‘पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ’, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘अब अन्य सानातिना काम बाँकी छन्।’

प्रदेशसभा भवनको भित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर इन्टरलक लगाउने काम बाँकी छ। त्यस्तै गार्ड हाउसको ढलान भइसकेकाले त्यो पनि अन्तिम चरणमा पुगेको इन्जिनियर केसीले बताए। त्यो काम पनि केही दिनमै सकिने उनको भनाइ छ।

नवनिर्वाचित प्रदेशसभा सदस्यले भालुवाङस्थित नयाँ भवनमा शपथ खाने तयारी गरेको भन्दै त्यसका लागि अन्य तयारीका काम पनि धमाधम भइरहेका छन्। विद्युत् जोड्ने काम पनि भएको छ। रङरोगन, एसी राख्ने, टेबल, कुर्सी, कार्पेट बिछ्याउने काम पनि भइरहेको छ। त्यो सबै जिम्मा प्रदेशसभाले लिएको छ।

प्रदेशसभा भवन रु एक अर्ब २० करोड लगानीको हो। उक्त भवन वाइवी स्टोन बिल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको छ। प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठा बनेका छन्।

मुख्यमन्त्री आएपछि आवश्यक संरचना निर्माणको काम अघि बढेका छन्। मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री र मुख्य सचिवको निवास निर्माणको काम पनि सकिएको छ। अब अन्य मन्त्रालयकालागि संरचना तयार गर्ने काम अघि बढिरहेको छ। आन्तरिक, मामिला कानुन तथा सञ्चार मन्त्रालय, अर्थ तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि सोही स्थानमै राख्ने गरी संरचना मर्मत गर्ने कार्य भइरहेको छ। अन्य मन्त्रालयको संरचनाका लागि भवन खोज्ने कार्य भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए। लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन्।

यसअघि ग्रामीण तथा सहरी विकास मन्त्रालय र स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय भालुवाङमा आएका थिए तर काम भने बुटवलबाट हुँदै आएको थियो। स्थायी राजधानी तोकिएपछि प्रदेशको स्थायी राजधानीलाई आवश्यक पर्ने संरचना निर्माण गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन भई काम गर्दै आएको छ। अहिले राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्तान्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि संरचना प्रयोगमा आएका हुन्।

विसं २०५० मा स्थापना भएको शिक्षालय १६ बिघा क्षेत्रफलमा फैलिएको छ। जहाँ अहिले तीन सय जना अटाउन सक्ने एउटा सभाहलसमेत छ। साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष विष्टले बताए।

भालुवाङमै प्रदेश पूर्वाधार प्राधिकरणअन्तर्गत जग्गा एकीकरण आयोजनाको कार्यालय पनि खुलेको छ। विसं २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नं ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १० : ०६ बजे

बङ्गलादेशलाई बेचिँदै नेपाली बिजुली, आगामी सातादेखि ४० मेगावाट निर्यात

काठमाडौं– अबको एक साताभित्रै नेपालले बङ्गलादेशलाई ४० मेगावाट बिजुली बेच्ने

सलमानपछि शाहरुखलाई पनि आयो मार्ने धम्की

मुम्बई- सलमान खानपछि भारतीय अभिनेता शाहरुख खानलाई पनि मार्ने धम्की

ट्रम्पको पुनरोदय – अब संसारमा के हुन्छ ?

एजेन्सी – डोनाल्ड ट्रम्प अमेरिकाका ४७औं राष्ट्रपति बन्दैछन् । अमेरिकाको

‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दो

मन्थली– वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि

‘ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौका’ 

एजेन्सी – इरानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति