सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान चिन्तित « Khabarhub

सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान चिन्तित


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर जिल्लामा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । सुन्तलामा देखिएका विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानको जीविकोपार्जनमै सङ्कट उत्पन्न भएको छ । लामो समयदेखि मेहनत गरेर हुर्काइएका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

भोजपुर नगरपालिका–६ का स्थानीयवासी किसान सोवित आछामेका अनुसार सुन्तलामा ऐँजेरु पलाउने, हाँगा सुक्ने, फल नलाग्ने, फल झर्ने तथा पात पहेँलो हुँदै अन्ततः बोट नै सुक्ने समस्या देखिन थालेको छ । यी समस्याका कारण उत्पादन घट्दै गएको र कतिपय स्थानमा बगान पूरै नष्ट हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

प्राविधिक सहयोगको कमी र समयमै उपचार नपाउँदा समस्या झनै बढ्दै गएको किसानको गुनासो छ । बगान नै सुक्न थालेपछि बाध्य भएर सुन्तलाका बोट काटेर फाल्नुपरेको भोजपुर –६ का किसान आछामेले बताए ।

‘राज्यका सम्बन्धित निकायले सुन्तलामा देखिएको रोगको पहिचान गरी समाधानका लागि तत्काल पहल गर्नुपर्छ,’ उनले भने, ‘बोट सुकेर बगाननै सखाप भएपछि किसान अत्यन्तै चिन्तामा परेका छन् ।’

यहाँ उत्पादन भएको सुन्तलाले किसानको आयआर्जनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । तर पछिल्लो समय रोग र व्यवस्थापनको समस्याले सुन्तला खेती सङ्कटमा पर्दै गएपछि किसान चिन्तित बनेका छन् । किसानले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सुन्तला खेती जोगाउन दीर्घकालीन योजनाको माग गरेका छन् । (रासस)

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ११ : १४ बजे

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम