भक्तपुरमा स्कुटीको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

भक्तपुरमा स्कुटीको ठक्करबाट पैदलयात्रीको मृत्यु


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको बोडे मनहरा पुल नजिकै स्कुटीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको भएको छ।

काठमाडौंको मुपानीबाट बोडेतर्फ आउँदै गरेको बा ७६ प ९०३५ नम्वरको स्कुटीले पैदलयात्रुलाई ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे वस्ने वर्ष ४४ को सन्तबहादुर श्रेष्ठको मृत्यु भएको हो।

भक्तपुर प्रहरी परिसरले जनाए अनुसार दुर्घटनापछि उपचारका लागि अस्पताल लगिएको सन्तबहादुरको मृत्य भएको हो। दुर्घटनापछि उपचारका लागि सन्तबहादुरलाई नजिकैको मध्यपुर अस्पताल लगिएको थियो। त्यहाबाट प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्भिक अस्प्ताल रिफर गरिएको थियो। उनको नर्भिक अस्पतालमा मृत्यु भएको हो।

भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले दुर्घटनामा संलग्न स्कुटी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँंपालिका वडा नं ७ घर भई हाल काडमाडौं बौद्ध वस्ने वर्ष २२ को पाल्देन लामालाई नियन्त्रणमा लिइएको जनाए। स्कुटी र उनी हाल मध्यपुरको प्रहरी बृत ठिमीको नियन्त्रणमा रहेको उनले जनाए।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : ५७ बजे

आमाको नामबाट दुई युवाले पाए नागरिकता

चितवन– चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् ।

सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान चिन्तित

भोजपुर– भोजपुर जिल्लामा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित भएका

ट्राफिक प्रहरी कार्यालयलाई ‘सोल्जर लाइट’ प्रदान

रुपन्देही– चेम्बर अफ कमर्श, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देहीले ट्राफिक

निःशुल्क आँखा शिविरबाट २१५ जना लाभान्वित

गण्डकी– नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकास्थित भोक्टेनीमा घरघरमा  खानेपानीको धारा जडान भएपछि