आठ हजारभन्दा बढी भारतीय नागरिक विदेशी जेलमा « Khabarhub

आठ हजारभन्दा बढी भारतीय नागरिक विदेशी जेलमा


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – आठ हजारभन्दा बढी भारतीयहरू हाल विभिन्न देशका विदेशी जेलहरूमा कैदीबन्दीका रूपमा रहेको बताइएको छ। तीमध्ये चार हजार ३८९ जना खाडी देशहरूका जेलमा रहेको केन्द्रीय विदेश राज्यमन्त्री वी मुरलीधरनले शुक्रबार बताएका छन्।

“मन्त्रालयमा उपलब्ध तथ्याङ्क अनुसार भारतीय हाल विदेशी कारागारहरूमा पुर्पक्षमा रहेका लगायतका कैदीहरूको सङ्ख्या ८ हजार ४४१ रहेको छ। जसमध्ये चार हजार ३८९ खाडी मुलुक (संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान) का जेलमा रहेका छन्,’ उनले भने।

युएई जेलमा रहेका कैदीहरूले भारतीय जेलमा आफ्नो बाँकी सजाय काट्न सक्छन् कि भनेर सोधिएको प्रश्नको जवाफ दिँदै, राज्यमन्त्रीले सजाय पाएका व्यक्तिहरूको स्थानान्तरण (टीएसपी), जुन नोभेम्बरमा हस्ताक्षर भइसकेको उनले बताए।

“टिएसपी सम्झौता अन्तर्गत सजाय पाएको व्यक्तिलाई आफ्नो देशमा स्थानान्तरण गर्न कैदीको स्थानान्तरणको इच्छा, स्थानान्तरण र प्राप्त गर्ने देशको सहमति, अनुरोध प्रक्रियाको लागि आवश्यक पूर्ण कागजातको उपलब्धता, क्लियरेन्स जस्ता विभिन्न औपचारिकताहरू पूरा गर्नुपर्ने हुन्छ र सो प्रक्रियका लागि आवश्यक कागजातहरूको युएई पठाइएको छ,’ उनले भने।

दोहामा हिरासतमा रहेका आठ पूर्व नौसैनिक अधिकारीको मुद्दा फेरि चर्चामा आएपछि यो विषय पुनः सार्वजनिक चासोको मुद्दा बनेको हो।

डिसेम्बर १ मा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले कतारमा पक्राउ परेका पूर्व भारतीय नौसेना अधिकारीहरूको मामलामा नियमित रूपमा प्रतिक्रिया दिइरहेको र दूतावासले यस विषयलाइ गम्भीररूपमा लिइरहेको बताएका छन्।

प्रवक्ताले केही थुनुवाका दोहामा परिवारहरू छन् र उनीहरूलाई साप्ताहिकरूपमा भेटघाट गर्न अनुमति दिइएको पनि बताएका छन्।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १२ : १६ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी