कालीकोटको मय गाउँ सुक्खा पहिराको जोखिममा | Khabarhub Khabarhub

कालीकोटको मय गाउँ सुक्खा पहिराको जोखिममा


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको पचालझरना गाउँपालिका-८ को मय गाउँ पहिराको जोखिममा परेको छ । गाउँको जमिन भासिँदै जाँदा मय गाउँ सुक्खा पहिराको जोखिममा परेको हो । पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मय गाउँका ३२ घरधुरी सुक्खा पहिराको जोखिममा परेका छन् । मय गाउँमा चार दिनदेखि खाली जमिन भासिँदै गएको र नयाँ तथा पुराना घरका पर्खाल फाट्न थालेको पचालझरना गाउँपालिकाका पूर्वअध्यक्ष खडकराज सेजुवालले बताए ।

‘तल पहिरो वा सडक केही पनि छैन, पानी पनि परेको छैन, तर जमिन भासिँदै जाँदा ३२ घरधुरी जोखिम बढ्दै गएको छ’, उनले भने, ‘नयाँ बनेका घरकासमेत पर्खालमा दुई भागमा चिरा परेका छन् ।’

मय गाउँमा जमिन भासिँदै गएको खबर आएको र त्यहाँ बसोबास गर्नेलाई अन्य ठाउँमा बस्ती सार्न भनिएको इलाका प्रहरी कार्यालय पचालझरनाका प्रहरी प्रमुख जनक भण्डारीले जानकारी दिए । ‘गाउँमा जमिन भासिँदै गएको र पहिराको जोखिम बढ्दै गएको खबर पाएका छौँ’, उनले भने, ‘त्यहाँका स्थानीय अगुवा तथा प्रहरी गएर बस्ती सुरक्षित स्थानमा सार्न भनिएको छ ।’

गाउँमा पानी पनि नपरेको र अहिले बस्तीमा रहेका घर भासिँदै गएका कारण गाउँमा त्रास फैलिएको स्थानीय रामबहादुर विकले जानकारी दिए । ‘किन जमिन भासिँदै गएको छ, त्यसको कुनै पत्तो पाएका छैनौँ’, उनले भने, ‘अहिले पहिरो आउने हो कि भनेर त्रास बढेको छ ।’ तत्काल पहिराको जोखिममा रहेका परिवारलाई अस्थायी आवासको व्यवस्थापन गर्ने तयारी थालिएको गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले जानकारी दिए । 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १ : १६ बजे

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण