लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : मानव अधिकारवादीलाई गिज्याउने पर्व | Khabarhub Khabarhub

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : मानव अधिकारवादीलाई गिज्याउने पर्व


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सन् १९६० डोमेनिक गणतन्त्रका मिराबेल परिवारका तीन दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गर्‍यो । पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको गम्भीर अपराधको रुपमा सम्झनास्वरुप १६ दिने अभियान विश्भवर नै मनाइदै आएको छ ।

नेपालमा पनि हरेक वर्षको ९ देखि २४ मंसिरसम्म मनाइने यस अभियानमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । वर्षौँदेखि अभियान चलाए पनि महिलाका समस्या भने ज्यूका त्यूँ छन्  । दूरदराजमा अहिले पनि  लैङ्गिक हिंसाका घटनाहरू कम भएका छैनन् । दूरदराजमा मात्रै होइन सुगम मानिएको महोत्तरी मै भएको एक घटनाले अभियान र अधिकारवादीहरूलाई गिज्याइरहेको भान हुन्छ । 

औरही नगरपालिका बस्ने नेहा चौधरी अहिले आफ्नै डाक्टर श्रीमानसँग दाइजोको निहुँमा उब्जिएको क्लेसविरुद्ध लडिरहेकी छिन् । चिकित्सक श्रीमानबाट दाइजो नल्याएको निहुँमा पटक-पटक शारीरिक र मानसिक यातनाको शिकार बनेकी चौधरी न्यायको लागि हार गुहार मागिरहेकी छिन् । 

यो त शिक्षित परिवारबाट मधेशी  महिलाले हिंसा भोग्नुपर्ने एक प्रतिनिधि उदाहरण मात्रै हो । चौधरीको जस्तै हिंसात्मक घटना ब्यहोर्ने जिल्लामा कयौँ महिला छन् । जसको जुनसुकै बेला ज्यान जाने वा गुमाउने अवस्था छ । महिला हिंसासम्बन्धी भएका पछिल्लो तीन वर्षको तथ्यांकलाई केलाउने हो भने पनि महोत्तरी मधेश प्रदेश मै सबैभन्दा अगाडि छ । महोत्तरीमा आर्थिक वर्ष २०७७/०७८ मा महिला हिंसासँग जोडिएका ३२७ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए ।

त्यसमध्ये २५८ वटा फर्स्यौट भएका छन् भने ३९ वटा मुद्दालाई अन्य निकायमा स्थानान्तरण गरिएको छ । ३० वटा मुद्दा अझै फर्स्यौट हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दालाई मात्र आधार मान्ने हो भने आर्थिक बर्ष २०७८/०७९ महिला हिंसाका घटनामा वृद्धि भएर ४५६ वटा पुगेका छन् । यीमध्ये ५४ वटा मुद्दा  किनारा लगाउन अझै बाँकी छ । ११७ मुद्दा अन्य निकायमा सारिएको छ, ४५६ वटा मुद्दा  फर्स्यौट भइसकेका छन् ।

अझ आर्थिक बर्ष २०७९/८० मा यो सङ्ख्यामा निकै वृद्धि हुने देखिन्छ । आर्थिक वर्षको प्रारम्भमा नै १४६ वटा मुद्दा  जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता भैइसकेको महोत्तरी प्रहरीले जनाएको छ । यसमध्ये ६३ वटा फर्स्यौट भएका छन्, ६ वटा मुद्दा अन्य निकायमा पठाइएको छ, ७६ वटा मुद्दामा अझै अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दर्ता भएका घटना यति कहालीलाग्दा छन् की महिलाहरू चरम शोषणको कठोर पीडाले आत्महत्या मात्र गरेका छैनन्, कतिपय घटनामा ज्युँदै आगो लगाइएको समेत छ । यसमध्ये जबर्जस्ती करणीका घटना समेत अधिक छन् । आर्थिक वर्ष २०७९/८० को उतरार्धमा नै जबर्जस्ती करणीका ११ वटा मुद्दा दर्ता भैइसकेका छन् । यसअघिको तथ्यांक हेर्ने हो भने  जबर्जस्ती करणीका घटना अधिक छन् । आर्थिक वर्ष २०७७/७८२०७९/८० मा क्रमशः ४१ र २३ वटा छन् ।

त्यसो त जबर्जस्ती करणीका घटनामात्र होइन कहिले दाइजोको नाममा, कहिले बहुविवाहका नाममा, कहिले बोक्सीको आरोपमा महिला प्रताडित बनिरहेका छन् ।अन्धविश्वास र गलत संस्कारको कारण बोक्सीको आरोपमा महिला हिंसाका घटना पछिल्लो तीन वर्षमा मात्र आठ वटा दर्ता भएका छन् । आठै वटा घटनाका अभियुक्त पुर्पक्षका लागि थुनामा छन् ।

तर, थोरै महिलाले मात्रै शारीरिक र मानसिक यातनाको प्रतिकार गरेको र धेरै महिला अझै घरको चौघेराबाट बाहिर निस्कन नसकिरहेको महिलासमबन्धी काम गर्ने सामाजिक संस्था माण्डवीले जनाएको छ । माण्डवी की महोत्तरी संयोजक प्रियङ्का ठाकुर लुकेका र लुकाइएका महिला हिंसाका घटना महोत्तरीमा  प्रशस्त रहेको बताउँछिन् ।

दाइजो नल्याएको निहुँमा दोश्रो विवाह गर्ने पनि यहाँका पुरुषमा संस्कार नै बनेको छ । पछिल्लो तीन वर्षमा बहुविवाहका मात्र ३३ वटा घटना छन् । यी त महिलाले खुलेर जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घटना हुन् । धेरै घटना त पारिवारिक दबाबका कारण घरभित्रै लुकाइएका छन् ।

बालविवाहलाई पनि लैङ्गिक हिंसाअन्तर्गत राखिएको छ । मधेशमा महिलाको सानै उमेरमा विवाह गर्नु पुरानो संस्कार जस्तै छ । धेरैजसो महिलाले जिल्लामा १५ वर्षभन्दा कम उमेरमा नै विवाह गरेको उदाहरण छन् ।

बालविवाह कै कारण विभिन्न स्त्रीजन्य रोगको शिकार बनेका निकै कमजोर छन । जिल्ला प्रहरी कार्यालय तथा माण्डवि संस्थाको तथ्यांकअनुसार जिल्लामा पछिल्लो ३ वर्षमा ३ वटा मात्र घट्ना छन । यसरी हेर्दा बालविवाहमा भने केही कम आएको प्रहरीको निष्कर्ष छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १ : २९ बजे

उपनिर्वाचनमा कांग्रेस-एमाले एकापसमा भिड्ने, गठबन्धन नगर्ने

काठमाडौं– विभिन्न कारणले जनप्रतिनिधि रिक्त ४४ क्षेत्रमा स्थानीय तहमा आगामी

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि पाइने

काठमाडौं– नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईको इलेक्ट्रिक

जनकपुरधाममा अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्बिरहरू)

जनकपुरघाम– छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई

खजे दुराको ४९औँ स्मृति दिवस मनाइयो

सुन्दरबजार– ऐतिहासिक वीर पुरुष खजे दुराको ४९औँं स्मृति दिवस बुधबार

राप्रपाले दियो यी नेतालाई उपनिर्वाचनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न स्थानीय तहको उपनिर्वाचनमा