‘जनताले चाहेको परिवर्तन पूरा गर्न लागिपर्छु’ « Khabarhub

‘जनताले चाहेको परिवर्तन पूरा गर्न लागिपर्छु’


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस नेता प्रकाशमान सिंहले देशलाई राजनीतिक स्थायित्व कायम गर्नु नवनिर्वाचित सांसदहरूको पहिलो चुनौती भएको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले पहिला राजनीतिक स्थायित्व कायम गरी विकासको बाटोमा अघि बढ्नु पर्ने अवस्था रहेको बताए ।

उनले विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाब सदैव आवश्यक रहेको पनि बताए । सिंहले अहिले नेपालको राजनीतिमा आएको परिवर्तनलाई नजिकबाट बुझेको र जनताले चाहेको परिवर्तनलाई सफल बनाउन लागि पर्ने  दाबी गरे । यस्तो जटिल समयमा पनि जनताले आफूलाई विश्वास गरेकोप्रति गम्भीर रहेको र अबका दिनमा नागरिकको खबरदारीसँगै अगाडि बड्ने प्रतिबद्धता जनाए । 

उनले विगतको संसदीय कार्यकालमा, आफ्नो निर्वाचन क्षेत्र काठमाडौं-१ को विकासमा उल्लेख्य योगदान गरेको दाबी समेत पेश गरे । उनले काठमाडौं १ देशकै मुटु भएकाले नागरिकका आवश्यकता र चाहना सधैँ परिवर्तनशील हुने हुँदा जनप्रतिनिधिलाई सचेत र सजग गराई राख्नु पर्ने बताए । 

आफू जनताको सेवाको लागि नागरिकका सुझाबलाई सहज रुपमा लिँदै सकारात्मक रुपमा प्रस्तुत हुने बताए । चार पटक संसदीय नेताको रुपमा विश्वास गरेकोमा उनले मतदाताहरूलाई धन्यवाद दिँदै चुनावी एजेण्डा पूरा गर्नेतर्फ  पुनः प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १ : ३६ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था