'देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ' | Khabarhub Khabarhub

‘देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ’


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उनले देशले एकता र साझा सहमतिको विन्दु खोजेको बताए । 

जनताले निर्वाचित गरेका नेताहरूले आफूप्रति इमान्दारिता र जनताप्रति बफादार भएर लाग्नुपर्ने औँल्याउँदै उनले भने , ‘हामी आफ्ना आफ्ना खुबी, क्षमता, वाक कटुता, व्यक्तिको छाप प्रयोग गरी राजनीतिक खेलको मैदानबाट उत्रिएका छौँ, जित्नु ठूलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ, त्यो पूरा गर्न इमानदार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ ।’

चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरुको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्नुपर्नेमा जोड दिए । जनताले मन पराएका छैनन् भने नेताहरुले फकाउन सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनतालाई फकाउन, मिलाउन र साथमा लिएर समस्या समाधानमा लाग्नुपर्ने बताए ।

उनले भने, ‘आश्वासन दिँदा त्यहाँ ठाउँ राख्नुपर्छ, जनताका सबै माग पूरा गर्न सकिँदैन, सक्दो कोसिस गर्नुपर्ने हुन्छ ।’ अध्यक्ष नेपालले नेपालको अर्थतन्त्र सङ्कटतर्फ बढेको भन्दै यसलाई कसरी सुधार्ने भनेर समीक्षा गर्नु आवश्यक रहेको बताउनुभयो । राजनीतिक परिवर्तनसँगै अब आर्थिक परिवर्तन र विकासको दायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा भक्तपुर क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले अहिलेको आवश्यकता सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि देशमा स्थायित्व दिन सक्ने, समृद्धिका लागि कहीँ, कतै नअलमलीकन अगाडि बढ्ने गरी स्थिर सरकार निर्माण गर्नुपर्ने बताए । 

भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य किरण थापाले भोट माग्न जाँदा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए । भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले व्यवस्थित रुपमा विकासका पूर्वाधार निर्माण गर्दै जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताए । 

कार्यक्रममा नेपाली कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुङ्गेल, जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापा, सूर्यनगर टोल विकास समाजका सल्लाहकार एवं नेपाल पत्रकार महासङ्घ भक्तपुरका सचिव गोविन्द चौलागाइँ, समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति बालकृष्ण न्यौपानेलगायतले यहाँका खानेपानी, सडकलगायत समस्याबारे चर्चा गरेका थिए ।

गायक नवीन कार्कीले कार्यक्रममा विभिन्न गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ३ : १३ बजे

पत्रकार पाठकलाई प्रहरी भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको

मामाचेली वा फुपूचेलीसँग बिहेबारीका असर

मानव समाजको सुरुवाती चरणमा विवाहको औपचारिकता थिएन, तर जोडी बन्ने

स्कटल्याण्डको विकेट वर्षा गराउँदै नेपाल, लियो पाँचौँ विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलका नेपालले

भारतीय प्रधानमन्त्री मोदीले पाए साइप्रसको सर्वोच्च नागरिक सम्मान

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साइप्रसमा सर्वोच्च नागरिक सम्मान प्रदान

हिमाल र पर्वतीय क्षेत्रको बजारीकरण गरौँ : पूर्वअर्थमन्त्री शर्मा

 काठमाडौं– पूर्वअर्थमन्त्री जनार्दन शर्माले हिमाल हाम्रो गौरवपूर्ण सम्पत्ति भएकाले यसको