'खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा विकासको माध्यम' | Khabarhub Khabarhub

‘खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा विकासको माध्यम’


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलुकुद  जनता-जनताबीचको सम्बन्धलाई सुदृढ गर्ने माध्यमका रूपमा रहेको बताएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको १८ वर्षमुनिको एसिया रग्वी प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदले देशको अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचाराको विकासमा ठूलो भूमिका निर्वाह गर्ने बताए ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना हुँदा यहाँको खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । भर्खरै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्वीलाई पनि समावेश गरिएको उनले बताए । 

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ पाँचवटा टोलीको सहभागिता छ । प्रतियोगितामा विभिन्न आठ एसियाली देशका खेलाडी सहभागी छन् ।

 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ५ : २५ बजे

पूर्व महान्यायाधिवक्ता संग्रौलाकाे प्रश्न– ‘के संविधान खारेज गर्नु उचित हुन्छ ?’

काठमाडौं– अन्तर्राष्ट्रिय कानूनका जानकार एवं पूर्व महान्यायाधिवक्ता प्राध्यापक डा. युवराज संग्रौलाले

कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि

मुस्ताङ– मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ

त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४