‘खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा विकासको माध्यम’ « Khabarhub

‘खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा विकासको माध्यम’


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलुकुद  जनता-जनताबीचको सम्बन्धलाई सुदृढ गर्ने माध्यमका रूपमा रहेको बताएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको १८ वर्षमुनिको एसिया रग्वी प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदले देशको अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचाराको विकासमा ठूलो भूमिका निर्वाह गर्ने बताए ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना हुँदा यहाँको खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । भर्खरै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्वीलाई पनि समावेश गरिएको उनले बताए । 

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ पाँचवटा टोलीको सहभागिता छ । प्रतियोगितामा विभिन्न आठ एसियाली देशका खेलाडी सहभागी छन् ।

 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ५ : २५ बजे

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै