जनमत पार्टीले बुझायो समानुपातिक सांसदको नाम « Khabarhub

जनमत पार्टीले बुझायो समानुपातिक सांसदको नाम


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । पार्टीले प्रतिनिधिसभा समानुपातिक सदस्यमा अनिता साह र वसन्तकुमार कुशवाहा (मेधशी), सोनु मुर्मरबिनिताकुमारी सिंह (आदिवासी जनजाति), अब्दुल खान (मुस्लिम) र गोमा लामा सापकोटा (खस आर्य) लाई सिफारिस गरेको छ । 

त्यसैगरी प्रदेशसभाको समानुपातिक सदस्यमा मधेस प्रदेशमा बबिता राउत र अनिताकुमारी साह (मधेशी महिला), चन्दनकुमार सिंह (मधेशी अल्पसंख्यक), रञ्जुकुमारी खंग (खत्वे) (दलित महिला), वशन्तकुमार कुशवाहा (मधेशी), हसिना खातुन (मुस्लिम महिला) र भाग्यश्री कुमारी चौधरी आदिवासी जनजाति महिला सिफारिस गरिएको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए ।

पार्टीले लुम्बिनी प्रदेशमा समानुपातिक सदस्यमा सुमन शर्मा रायमाझी र आदिवासीतर्फ गिता गुरुङलाई सिफारिस गरेको छ । जनमत पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा मधेस प्रदेशमा छ र लुम्बिनीमा एक गरी सात प्रदेशसभा सदस्य जितेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : १४ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था