ओखरखेतीमा जुम्लाका किसान आकर्षित « Khabarhub

ओखरखेतीमा जुम्लाका किसान आकर्षित


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाका किसान पछिल्लो समय ओखरखेतीप्रति आकर्षित हुन थालेका छन् । भण्डारण गर्न समस्या नुहने, हावापानी अनुकूल भएको र कम मिहेनतमा पनि राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान ओखरखेतीमा आकर्षित भएका हुन् ।

“ओखरखेतीबाट राम्रो आम्दानी हुने भएकाले व्यावसायिकरूपमा लागेका हौँ”, चन्दननाथ नगरपालिका–१० का किसान बिर्खबहादुर मल्लले भने ।

बगैँचामा रहेका सात वटा बोटमा फलेको ओखर बिक्रीबाट यो वर्ष रु ८० हजार आम्दानी भएपछि ओखरखेतीमा आकर्षण बढेको मल्लको भनाइ छ । उनले सदरमुकाम खलङ्गा पुगी ओखर बिक्री गर्ने बताए ।

“ओखरबाट यो वर्ष राम्रो आम्दानी भयो, अर्को वर्ष दुई लाख कमाउने गरी ओखरको बगैँचा व्यवस्थापनमा लागेको छु”, उनले भने, “विरुवा हुुर्काउन दुःख भए पनि पछि गाह्रो हुँदैन ।”

कम मेहेनतमै बढी आम्दानी हुने भएपछि यहाँका किसानहरु ओखरखेतीमा आकर्षित भएका हुन् । यहाँ उत्पादित ओखर बिक्रीका लागि बजारको पनि समस्या नभएको किसानको भनाइ छ ।

“ओखर खरिद गर्न व्यापारी गाउँमै आउने भएपछि हामीलाई बजारको समस्या छैन”, तिला गाउँपालिका–१ का जयबहादुर बुढाले भने । बजारमा अहिले ओखरको मूल्य प्रतिदाना रु १० का दरले बिक्री भइरहेको छ ।

जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पनि यहाँको ओखर हुन थालेको रारालिही अग्र्यानिक पसलका सञ्चालक मेनका बुढाको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले जिल्लामा ओखर खेती गर्ने किसानको सङ्ख्या बढेको बताए । जिल्लाका आठ स्थानीय तहका पाँच सय ९० हेक्टर क्षेत्रफलमा ओखर खेती भइरहेको अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ३९ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।