ओखरखेतीमा जुम्लाका किसान आकर्षित « Khabarhub

ओखरखेतीमा जुम्लाका किसान आकर्षित


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाका किसान पछिल्लो समय ओखरखेतीप्रति आकर्षित हुन थालेका छन् । भण्डारण गर्न समस्या नुहने, हावापानी अनुकूल भएको र कम मिहेनतमा पनि राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान ओखरखेतीमा आकर्षित भएका हुन् ।

“ओखरखेतीबाट राम्रो आम्दानी हुने भएकाले व्यावसायिकरूपमा लागेका हौँ”, चन्दननाथ नगरपालिका–१० का किसान बिर्खबहादुर मल्लले भने ।

बगैँचामा रहेका सात वटा बोटमा फलेको ओखर बिक्रीबाट यो वर्ष रु ८० हजार आम्दानी भएपछि ओखरखेतीमा आकर्षण बढेको मल्लको भनाइ छ । उनले सदरमुकाम खलङ्गा पुगी ओखर बिक्री गर्ने बताए ।

“ओखरबाट यो वर्ष राम्रो आम्दानी भयो, अर्को वर्ष दुई लाख कमाउने गरी ओखरको बगैँचा व्यवस्थापनमा लागेको छु”, उनले भने, “विरुवा हुुर्काउन दुःख भए पनि पछि गाह्रो हुँदैन ।”

कम मेहेनतमै बढी आम्दानी हुने भएपछि यहाँका किसानहरु ओखरखेतीमा आकर्षित भएका हुन् । यहाँ उत्पादित ओखर बिक्रीका लागि बजारको पनि समस्या नभएको किसानको भनाइ छ ।

“ओखर खरिद गर्न व्यापारी गाउँमै आउने भएपछि हामीलाई बजारको समस्या छैन”, तिला गाउँपालिका–१ का जयबहादुर बुढाले भने । बजारमा अहिले ओखरको मूल्य प्रतिदाना रु १० का दरले बिक्री भइरहेको छ ।

जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पनि यहाँको ओखर हुन थालेको रारालिही अग्र्यानिक पसलका सञ्चालक मेनका बुढाको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले जिल्लामा ओखर खेती गर्ने किसानको सङ्ख्या बढेको बताए । जिल्लाका आठ स्थानीय तहका पाँच सय ९० हेक्टर क्षेत्रफलमा ओखर खेती भइरहेको अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ३९ बजे

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ

पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी 

काठमाडौं– देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ ।

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट