दाइजोबिना विवाह गर्ने छ जोडी सम्मानित | Khabarhub Khabarhub

दाइजोबिना विवाह गर्ने छ जोडी सम्मानित


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकामा दाइजोबिना विवाह गरेका छ जोडीलाई सम्मान गरिएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सुनवल सामुदायिक विकास केन्द्रले दाइजोबिना विवाह गरेका उनीहरुलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

विवाहमा गरिने अनावश्यक खर्चलाई सामाजिक काममा लगाउने उद्घोषका साथ वैवाहिक जीवनमा बाँधिएका नव जोडीलाई सम्मान गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।

“विवाहलाई दाइजोरहित बनाउन निकै चुनौतीपूर्ण भएका बेला यहाँका छ जोडी उदाहरण बन्नुभएको छ”, उनले भने, “महिला हिंसाको एउटा जडका रुपमा रहेको दाइजो प्रथाको उल्मुलनका लागि राम्रो सुरुवात हो ।”

सम्मानित हुनेमा सलाउद्दीन मन्सुरी र नाजमा खातुन, अशोक हरिजन र बविता हरिजन, पंकज गिरी र मनिषा गिरी, प्रमोद हरिजन र अनिशा हरिजन, शैलेशकुमार कोइरी र निर्जलीकुमारी कोइरी, असिउद्दीन अन्सारी र अम्जाहान खातुन छन् । सम्मानित हुने जोडी पंकज गिरी र मनिषा गिरीले आफूहरु सधैभरी कुप्रथाको विरुद्धमा रहेको बताए ।

सम्मान कार्यक्रमपछि पाल्हीनन्दन ६ लंगडीपाकडदेखि वडा नं ५ विसुनपुरा भन्सार चोकसम्म सचेतना र्‍याली निकालिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १० : १७ बजे

‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन ३८० भन्दाबढी ‘शो’

काठमाडौं । गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’

चीन ऊर्जा उत्पादनका लागि कोइलामा निर्भर

काठमाडौं – चीन ऊर्जा उत्पादनका लागि कोइलामा निर्भर रहँदै आएको

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन एक

दोलखामा भूकम्पको धक्का

दोलखा । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार

चिलिमे–त्रिशूली प्रसारण लाइन र सवस्टेशन सञ्चालनमा

काठमाडौं – मुलुकभित्रको बिजुली प्रवाहका लागि महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली २२०