शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा « Khabarhub

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ ।

पुस २१ गते बुधबार बनेपा–६ को गोदाम चोकमा आफ्नो नयाँँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि हिजो बालाजु, नयाँँ बसपार्कको बिजी मलमा पनि आफ्नो नयाँँ स्टोर खोलेको हो ।

शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्य पूरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना ल्याएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर श्री सौरभ कोठारी नयाँँ स्टोरहरु खुलेपछि ग्राहकहरुलाई किनमेल गर्न थप सजिलो हुने बताए ।

उनले भने, ‘हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पूरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यी नयाँँ स्टोरहरुमा आउनुहुनेछ र हाम्रो नयाँँ–नयाँँ उत्पादनहरु मन पराउनुहुनेछ ।’

यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउने कम्पनीको अपेक्षा छ ।

नयाँँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुने शाओमीले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ५ : ४३ बजे

टुँडिखेलमा किरात समुदायले मनाए उधौली (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टुँडिखेलमा किरात समुदायले परम्परागत नृत्य, वेशभूषा र सांस्कृतिक

एमालेले देशलाई गलत दिशामा जान दिँदैन : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो

एसिया कप क्रिकेट : नेपाल श्रीलंकासँग पराजित

काठमाडौं– एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो

लुम्बिनीका कप्तान रोहितले ह्याट्रिक लिएपछि सुदूरपश्चिमको ब्याटिङ संकटमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी फाइनल

एलओडीमा ‘एनपीएल नाइट’ हुँदै

काठमाडौं- ठमेलको एलओडी क्लबमा शनिबार राति ‘एनपीएल नाइट’ हुने भएको