नेप्सेमा उच्च अंकको वृद्धि « Khabarhub

नेप्सेमा उच्च अंकको वृद्धि


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४९.१९ अंकले वृद्धि भई दुई हजार ८३४.१३ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अंकले बढेर ५२८.८७ मा पुगेको छ । कारोबार भएकामध्ये आज १७० कम्पनीको शेयर उकालो लागेको छ भने १९ कम्पनीको शेयर ओरालो लाग्दा एक कम्पनीको शेयर मूल्यमा भने कुनै उतारचढाव आएन ।

कूल एक करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर रु ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ मूल्यमा खरिद बिक्री भए । मंगलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब तीन अर्ब ७६ करोड ५८ लाख ४२ हजार २७ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज पनि अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ८३ लाख २२ हजार ६९५ बराबरको कारोबार भयो ।

यस्तै, गुर्खाज फाइनान्स रु १६ करोड २६ करोड ७२ लाख ६२४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ६४ लाख तीन हजार ७७९, नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड ८२ लाख ५२ हजार ५६५ र नेपाल पुनरबीमा कम्पनी रु ११ करोड ५९ लाख २३ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

पाँच कम्पनीको शेयरमा सर्किट
नेप्सेका अनुसार आज विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिभिल लघुवित्त ९.९२ र न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.७९ प्रतिशतले कमाए ।

यसैगरी, माउण्टेन इनर्जी नेपाल ३.५२, नेपाल एसबिआई बैंक २.०१, शिवम् सिमेन्ट १.४९ र एनएमबी ५० का लगानीकर्ताले १.३१ र रुरु जलविद्युत् परियोजनाका शेयरधनीले १.२५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ५ : ५० बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार