स्वास्थ्य मन्त्रालयका उच्च अधिकृतको व्यापक सरुवा « Khabarhub

स्वास्थ्य मन्त्रालयका उच्च अधिकृतको व्यापक सरुवा



काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरु जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्री खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई वीर अस्पताल सरुवा गरेका छन् । नयाँ संगठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औं तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ । यसैगरी, औषधिको आफूखुसी मुल्यवृद्धि गरेपछि विवादमा तानिएका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई औषधि प्रयोगशाला पठाइएको छ ।

औषधिको व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई ल्याइएको छ । राष्ट्रिय एचआईभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको छ भने उनको ठाउँमा डा सन्जय ठाकुरलाई ल्याइएको छ । कारागार अस्पतालका डा श्रीराम तिवारीलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगिएको छ, भने त्यहाँका निर्देशक डा प्रकाश शाहलाई कर्णाली प्रदेश पठाइएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ भने उनको ठाउँमा डा राजेन्द्र खनाललाई सिफारिस गरिएको छ । वीर अस्पतालका डा सरोज शर्मालाई कान्ति बाल अस्पताल पठाउने निर्णय गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : ०० बजे

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दैछ ।

हुलाकमार्फत घरघरमै राहदानी

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय