राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन « Khabarhub

राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियानले ‘चिनियाँ हस्तक्षेपविरूद्ध’ प्रदर्शन गरेको छ।

जनकपुरको जनकचोकमा भएको प्रदर्शनको क्रममा नेपालका लागि चिनियाँ राजदूतविरूद्ध चर्को नाराबाजी गरिएको छ। अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा लगाएका थिए।

सोही क्रममा उनीहरूले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पुतला दहनसमेत गरेका छन्। नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरे। राष्ट्रिय एकता अभियान धनुषाका जिल्ला संयोजक मनीष पुरबेको नेतृत्वमा प्रदर्शनसहित राजदूत यान्छीको पुतला दहन गरिएको हो ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ९ : ४४ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक