‘ए’ डिभिजन लिगमा दशौँ चरणका खेल आजदेखि « Khabarhub

‘ए’ डिभिजन लिगमा दशौँ चरणका खेल आजदेखि


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौँ चरणका खेल आज (शुक्रबार)बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दिन दुई खेल हुनेछ ।

दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । खेलमा दुबै टोलीलाई रेलिगेशनको चिन्ता छ। फ्रेन्ड्सले दशौँ खेलमा समेत जित निकाल्न नसके रेलिगेशनको थप दबाब झेल्नुपर्छ ।

प्रशिक्षक मृगेन्द्र मिश्रको भनाई मान्ने हो भने बीबीसीविरूद्वकाे खेलमा पराजित भए फ्रेन्डस ९९ प्रतिशत रेलिगेशनमा जानेछ ।

बीबीसी भने फ्रेन्ड्सलाई पराजित गर्दै रेलिगेशन क्षेत्रमै पर्न चाहदैन । खेलमा दुबै टोलीलाई बिदेशी खेलाडीको साथ रहनेछ ।

फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ । फ्रेन्ड्सले ९ चरण सकिदा जित निकाल्न सकेको छैन । बीबीसी ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

दिनको दोस्रो खेलमा साँझ पौने ५ बजे त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आर्मी जित निकाल्दै शीर्ष स्थानको मछिन्द्रलाई दबाब बढाउन चाहन्छ । जावलाखेल आर्मीलाई रोक्दै रेलिगेशनको दबाबबाट मुक्त हुन चाहन्छ ।

दुबै टोलीलाई केही राष्ट्रिय खेलाडीको साथ रहदा जावलाखेललाई थप बिदेशी खेलाडीले सहयोग पर्नेछ ।

आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ७ : ५२ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट