प्रचण्ड-ओली टेलिफोन वार्ता : एमसीसीबारे धारणा आओस् « Khabarhub

प्रचण्ड-ओली टेलिफोन वार्ता : एमसीसीबारे धारणा आओस्


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी परियोजना (एमसीसी)का बारेमा पहिला सत्तारुढ गठबन्धनले स्पष्ट धारणा  सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनमार्फत प्रतिपक्ष दल एमाले अध्यक्षलाई पार्टीको धारणा प्रस्ट पार्न गरेको आग्रहको जवाफमा ओलीले सबैभन्दा पहिला सत्तारुढ दल स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् ।

एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालका अनुसार एमसीसीमा एमालेले ‘निर्णय नगरी भएन’ भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीलाई फोन गरेका थिए । जबाफमा ओलीले पहिला सत्तारुढ दलको धारणा मागेका थिए ।

‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौ भनेर बचन दिनुभएको छ, हटाइसकेपछि चार पाँच महिनामा पारित गर्छौ भनेर लिखित कागज नै गर्नु भएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ । प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस्, नेकपा एमाले त निर्णय गरिहाल्छ ।’ ओलीलाई उद्यृत गर्दै रिजालले भने।

सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीबारे पहिला धारणा बनाउनु पर्ने एमालेको अडान यथावत छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ९ : ५० बजे

प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा समस्या समाधानको प्रयास सुरु

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत– स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र

निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न आग्रह

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक

महाभारतको अर्जुन बनेर अदालतले न्यायको रक्षा गर्न सक्दैन ?

अदालतलाई डर लाग्नु सामान्य विषय होइन । नागरिकलाई डर लाग्यो

राष्ट्रपति पौडेल जापानबाट स्वदेशका लागि प्रस्थान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी