हुम्लाको लिमीमा दुई हप्तादेखि सञ्चारविच्छेद « Khabarhub

हुम्लाको लिमीमा दुई हप्तादेखि सञ्चारविच्छेद


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हुम्लाको उत्तरी उच्च भागमा अवस्थित नाम्खा गाउँपालिकाको वडा ६ लिमी दुई हप्तादेखि सञ्चार सम्पर्कमा जोडिन सकेको छैन।

वडा नं ६ लिमीमा रहेको वल्र्डलिङ्क कम्युनिकेशनले काम नगरेपछि सेवा प्रवाहमा समस्या भएको हो । करिब दुई हप्तादेखि उक्त इन्टरनेटले काम नगरेपछि यस क्षेत्रका स्थानीय सेवाग्राही मर्कामा पर्दै आएको वडाध्यक्ष पाल्जोर तामाङले बताए।

वल्र्डलिङ्क कम्युनिकेशनले काम नगर्दा वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवासमेत बन्द भएको वडाध्यक्ष तामाङले जानकारी दिए । इन्टरनेट सेवामार्फत हुने विभिन्न काम इन्टरनेटमा खराबी आएपछि प्रभावित भएको छ ।

नाम्खामा गत बिहीबार र शुक्रबार भारी हिमपात भएका कारण इन्टरनेटले काम गर्न छाडेको हुनसक्ने अध्यक्ष तामाङको भनाइ छ । बाक्लो हिमपातका कारण इन्टरनेट सञ्चालनमा नआएपछि इमेल, भाइवर, फेसबुक, वाटसप र विथच्याटबाट हुने कामसमेत प्रभावित भएको अध्यक्ष तामाङले जानकारी दिए ।

जिल्लाको सबैभन्दा बाक्लो र बढी हिमपात हुने क्षेत्र उक्त गाउँपालिका भएकाले पनि सदरमुकाम सिमकोटबाट इन्टरनेट मर्मतका लागि प्राविधिक टोली खटिन समस्या भएको अध्यक्ष तामाङले बताए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ११ : ०३ बजे

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र