एमालेको सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल सर्वसम्मत « Khabarhub

एमालेको सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल सर्वसम्मत


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् ।

नवौँ जिल्ला अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको एक महिनापछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।

जिल्ला कमिटीका उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा सुशीला पाख्रिन र चिरन तामाङ चयन भए ।

जिल्ला कमिटी सदस्य पनि सर्वसम्मत चयन गरिएको अध्यक्ष मण्डलका सदस्य सरेश नेपालले जानकारी दिएका छन्।

गत पुस २३ गते यहाँस्थित बाह्रबिसेमा नवौँ जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । यसपछि विभिन्न कारण नेतृत्व चयन हुनसकेको थिएन । अध्यक्ष पदका लागि नेपालसहित केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिएका थिए।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १२ : १५ बजे

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद

काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा

विद्युतीय तार भूमिगत आयोजना : तीनपटक म्याद थप्दा ६७ प्रतिशत काम

गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु