एनआरएनए अस्ट्रेलियाको प्रतिनिधि विवाद अझै मिलेन « Khabarhub

एनआरएनए अस्ट्रेलियाको प्रतिनिधि विवाद अझै मिलेन


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी –  गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रतिनिधि विवाद एवं सो सम्बन्धमा देखापरेका असन्तुष्टि सम्बोधन गर्न गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले एनआरएनए अस्ट्रेलियाको विवाद ढाकछोप गर्न खोजेपछि समस्या समाधान अन्योलपूर्ण बनेको छ । योसँगै अस्ट्रेलियाको महाधिवेशन प्रतिनिधि छनोट थप विवादित बनेको हो ।

गत जुलाईमा ६४ एनसीसीहरूको निर्वाचन सम्पन्न भए पछि महाधिवेशन प्रतिनिधि छनोट गरिएको थियो । सो क्रममा अस्ट्रेलिया, अमेरिका, बेलायतको प्रतिनिधि छनोटमा केही पक्षले असन्तुष्टि व्यक्त गरेका थिए । सोही असन्तुष्टि सम्बोधनका लागि संघको ८१औँ आइसीसी बैठकको निर्णयअनुरूप शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो । तर, घलेले सो समितिमा अस्ट्रेलिया महाधिवेशन प्रतिनिधि छनोटमा कुनै विवाद नरहेको दाबी गरेका हुन् ।

घलेले समितिको छलफलबाटै अस्ट्रेलिया विवादको एजेन्डा नै हटाइदिएका छन् । यसैबीच घलेको सो कदमविरुद्ध गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका निवर्तमान महासचिव डा. ज्ञानेन्द्र रेग्मीले आपत्ति जनाएका छन् । रेग्मीले उच्चस्तरीय समितिलाई एक पत्र लेख्दै प्रतिनिधि चयनमा वर्तमान कार्यसमितिले पदीय अधिकारको दुरुपयोग गरी धाँधली गरेको दाबी गर्दै ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि विधानअनुरूप सच्याउन माग गरेका छन् । उनले संघको विधि र विधान मिचेर पन्जिकृत सदस्यहरूमाझमा निर्वाचन नगरी पठाएको २५ प्रतिशत प्रतिनिधि खारेजीको माग गरेका छन् ।

रेग्मीले निवर्तमान अध्यक्ष केशव कँडेलले आफ्नै कार्यसमितिका सदस्यहरुलाई प्रतिनिधि सूचीमा नराखेको आरोपसमेत लगाएका छन् । रेग्मीद्वारा उच्चस्तरीय समितिमा प्रेषितपत्रमा मापदण्डविपरीत १३ जना पूर्वएनसीसी सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि बनाइएकोसम्बन्धी उजुरी यसअघि नै आईसीसी अध्यक्ष कुमार पन्तसमक्ष पेस गरिसके पनि कुनै सुनुवाइ नभएको बताएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १२ : ४५ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज