नम्रता श्रेष्ठको कथामा ‘वरदान’ « Khabarhub

नम्रता श्रेष्ठको कथामा ‘वरदान’


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘वरदान’ रिलिज भएको छ ।

निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म गज्जब टिभी युट्युब च्यानलबाट रिलिज भएको हो । शुभ मिडिया होमले निर्माण गरेको फिल्म २४ मिनेट अवधिको छ ।

२०७६ सालको ‘जायरा’पछि नम्रताले अभिनय गरेको यही पहिलो फिल्म हो । ‘डिप्रेसनबाट गुज्रिरहेका र आत्महत्याको जोखिममा रहेकाहरुलाई परामर्श दिने काममा म बेलाबखत सहभागी हुँदै आएको छु,’ नम्रताले भनिन्, ‘समस्यासँग जुधिरहेका मानिस र उनीहरुका अभिभावक तथा साथीभाइहरूलाई सजग गराउन यस्ता फिल्मले धेरै योगदान दिनसक्छ ।’

फिल्मले आत्महत्या रोकथामको विषयलाई उठाउँदै मानसिक स्वास्थ्यको संवेदनशीलतालाई सबैले ध्यान दिनुपर्ने विषय उठान गरेको छ । निर्देशक लामाले कोभिड(१९ पछि भएका लकडाउनले नेपालमा आत्महत्या बढेको समाचार पढेपछि आफूलाई ‘वरदान’को कथा लेख्न प्रेरित गरेको बताए । ‘आत्महत्या रोकथाममाथि विदेशमा अनगिन्ती सर्ट फिल्म बनेका रहेछन् । नेपालमा पनि यो जरुरी छ भन्ने लाग्यो । र, वरदानको कामलाई अगाडि बढाएँ,’ उनले भने ।

लकडाउनको बेला म्युजिक भिडियोमा छाएका दयाहाङले यो सर्ट फिल्ममा अभिनय गर्दा फरक अनुभव प्राप्त भएको सुनाए । फिल्ममा शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन छ ।

फिल्ममा लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनको पनि अभिनय छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १२ : २८ बजे

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र