पूर्वी चितवनमा फेरि भेटियो बर्ड फ्लु, दुई सय कुखुरा मरे « Khabarhub

पूर्वी चितवनमा फेरि भेटियो बर्ड फ्लु, दुई सय कुखुरा मरे


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ ।

राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्ड फ्लु परीक्षण गरिएकोमा बुधबार पुष्टि भएको हो । ‘बर्ड फ्लु नियन्त्रणका लागि फर्मबाट सय मिटर आसपास चारैतिर भएका पक्षीहरू केहीबेरमा नष्ट गर्दै छौँ । बर्ड फ्लुले फर्मका करिब दुई कुखुरा मरेका छन्’, उनले भने।

बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणका लागि बुधबार केन्द्रबाटै बर्ड फ्लु देखिएको फर्मको सय मिटर आसपासमा पालिएका पक्षीहरू नष्ट गर्न निर्देशन दिइएको थियो । सोहीअनुसार आज केहीबेरमा फर्म आसपासका पक्षीहरू नष्ट गर्ने तयारी भइरहेको तामाङले बताए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  २ : ०० बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने