१८ वर्ष माथिकालाई बुस्टर डोज खोप १ फागुनदेखि « Khabarhub

१८ वर्ष माथिकालाई बुस्टर डोज खोप १ फागुनदेखि


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबैलाई सरकारले बुस्टर डोज खोप दिने भएको छ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय भएको जानकारी दिएका हुन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘पूर्ण खोप लगाएर ६ महिना पूरा भएकाले खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन सक्नेछन्।’

बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको मन्त्री खतिवडाले बताए ।

मन्त्रालयले ७७ जिल्लाकै स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गर्दै कोरोना विरुद्धको खोपको पहिलो श्रृङ्खला लगाएको ६ महिना पूरा भएका १८ वर्ष र सोभन्दा माथिका सबैलाई खोप उपलब्धताको आधारमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप (बुस्टर डोज) प्रदान गर्न भनेको छ।

मन्त्रालयले बुस्टर डोज खोप दिँदा अग्रपंक्तिमा खटिनेहरु, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रुपमा पछाडि पारिएका व्यक्तिहरुलाई प्राथिमकता दिन पनि भनेको छ।

मन्त्रालयले कोरोना संक्रमण भएका व्यक्तिलाई संक्रमणमुक्त भएको एक महिनापछि कोरोना भाइरसविरुद्धको खोप र बुस्टर डोज दिन मिल्ने जनाएको छ ।

यस्तै, रेबिज विरुद्दको खोप सातै वटा प्रदेशबाट दिईने भएको छ । अहिले सम्म टेकु अस्पतालबाट मात्रै दिने गरिएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १ : ०५ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने