युक्रेनले भन्यो–हामीमाथि मनौवैज्ञानिक दबाब दिन खोजियो « Khabarhub

युक्रेनले भन्यो–हामीमाथि मनौवैज्ञानिक दबाब दिन खोजियो


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध सृजना गरेको आरोप लगाएको छ । रसियाली नौ सेनाले पनडुब्बी अभ्यास गर्न लागिरहेका बेला युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले सो आरोप लगाएका हुन् । अजोभ सागर पूर्ण रुपमा बन्द गरिएको र ब्ल्याक सागरलाई रसियाली फौजले करिव करिव पूर्णरुपमा बिच्छेद गरेको विदेशमन्त्री कुलेबाले बताए ।

रसियाले छिमेकी मुलुक बेलारुसँग सैन्य अभ्यास गर्दैछ । अर्को साता हुने सैन्य अभ्यासका क्रममा क्षेप्यास्त्र प्रहार र गोलाबारी हुनसक्ने भन्दै रुसले तटीय क्षेत्रमा पूर्वचेतावनीसमेत जारी गरेको छ ।

बेलारुस रुसको निकट छिमेकी हो र उसको युक्रेनसँग लामो सीमा जोडिएको छ । सैन्य अभ्यासलाई फ्रान्सले शितयुद्धपछिकै रसियाको अहिलेसम्मकै ठूलो परिचालन भनेको छ । त्यसले आफूलाई मनोवैज्ञानिक दबाब दिएको युक्रेनले बताउँदै आएको छ ।

शीतयुद्धयता पहिलोपटक रुसले बेलारुसमा ठूलो संख्यामा सेना परिचालन गरेको भन्दै फ्रान्सले चिन्ता व्यक्त गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दशकौंमा तनावबीच युरोपले सबैभन्दा ठूलो सुरक्षा संकट सामना गरिरहेको बताएका छन् ।

रसियाली सैन्य कारबाहीको बढ्दो धम्कीका कारण दर्शाउदै अमेरिकाले बिहीबार आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न अनुरोध गरेको थियो। ‘युक्रेनमा रहेका मानिसहरु व्यावसायिक वा निजी माध्यमद्वारा स्वदेश फर्किनु पर्छ, ’अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १ : ३० बजे

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद

काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा

विद्युतीय तार भूमिगत आयोजना : तीनपटक म्याद थप्दा ६७ प्रतिशत काम

गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु