युक्रेनले भन्यो–हामीमाथि मनौवैज्ञानिक दबाब दिन खोजियो « Khabarhub

युक्रेनले भन्यो–हामीमाथि मनौवैज्ञानिक दबाब दिन खोजियो


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध सृजना गरेको आरोप लगाएको छ । रसियाली नौ सेनाले पनडुब्बी अभ्यास गर्न लागिरहेका बेला युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले सो आरोप लगाएका हुन् । अजोभ सागर पूर्ण रुपमा बन्द गरिएको र ब्ल्याक सागरलाई रसियाली फौजले करिव करिव पूर्णरुपमा बिच्छेद गरेको विदेशमन्त्री कुलेबाले बताए ।

रसियाले छिमेकी मुलुक बेलारुसँग सैन्य अभ्यास गर्दैछ । अर्को साता हुने सैन्य अभ्यासका क्रममा क्षेप्यास्त्र प्रहार र गोलाबारी हुनसक्ने भन्दै रुसले तटीय क्षेत्रमा पूर्वचेतावनीसमेत जारी गरेको छ ।

बेलारुस रुसको निकट छिमेकी हो र उसको युक्रेनसँग लामो सीमा जोडिएको छ । सैन्य अभ्यासलाई फ्रान्सले शितयुद्धपछिकै रसियाको अहिलेसम्मकै ठूलो परिचालन भनेको छ । त्यसले आफूलाई मनोवैज्ञानिक दबाब दिएको युक्रेनले बताउँदै आएको छ ।

शीतयुद्धयता पहिलोपटक रुसले बेलारुसमा ठूलो संख्यामा सेना परिचालन गरेको भन्दै फ्रान्सले चिन्ता व्यक्त गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दशकौंमा तनावबीच युरोपले सबैभन्दा ठूलो सुरक्षा संकट सामना गरिरहेको बताएका छन् ।

रसियाली सैन्य कारबाहीको बढ्दो धम्कीका कारण दर्शाउदै अमेरिकाले बिहीबार आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न अनुरोध गरेको थियो। ‘युक्रेनमा रहेका मानिसहरु व्यावसायिक वा निजी माध्यमद्वारा स्वदेश फर्किनु पर्छ, ’अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १ : ३० बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम