नेप्से परिसूचकमा ७५ दशमलब १८ अंकले गिरावट | Khabarhub Khabarhub

नेप्से परिसूचकमा ७५ दशमलब १८ अंकले गिरावट


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक साता शेयर बजार मापक नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको थियो ।

यो साता पाँच दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने वृद्धि भएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएर २ हजार ८०१.५६ विन्दुमा पुगेको छ । अघिल्लो साता १०६.८२ अंकले बढेको नेप्से परिसूचक यो साता भने ७५.१८ अंकले गिरावट आएको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार नै नेप्से परिसूचकमा गिरावट आएको थियो । आइतबार नेप्से ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको थियो भने फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेको थियो ।

आइतबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार कित्ता शेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

आइतबार ४० अंक बढीले गिरावट आएको नेप्से परिसूचक सोमबार १५.६९ अंकले बढेर २ हजार ८५१.८६ विन्दुमा पुगेको थियो । सोमबार कारोबारमा आएका २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

सोमबार कारोबारको दिन १५.६९ अंक बढेर बन्द भएको नेप्से मंगलबार भने १६.३० अंक घटेर २ हजार ८३५.५८ विन्दुमा झरेको थियो । मंगलबार नेप्से परिसूचक ओरालो लागेपनि कारोबार रकम भने बढेको थियो । कारोबारमा आएका २३० कम्पनीको १ करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

मंगलबार १६.३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार २२.११ अंक घटेर २ हजार ८१३.४७ विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता शेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको खरिदबिक्री भएको थियो ।

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ११.९६ अंक घटेर २ हजार ८०१.५६ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ । बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । बुधबार ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि गिरावट आएको छ । गत साता १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले वृद्धि भएकोे लगानीकर्ताको सम्पति यो साता भने १ खर्ब ५ अर्ब ७३ करोड रुपैयाँले गिरावट आएको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । यो साता १ खर्ब ५ अर्ब ७३ करोड रुपैयाँले सम्पति घटेर ३९ खर्ब ५९ अर्ब ६४ करोड रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : ०० बजे

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ।