भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियाको घोषणा « Khabarhub

भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियाको घोषणा


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी–अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिषा शुल्क फिर्ता दिने घोषणा गरेको छ । उसले यस्तो सुविधा निश्चित समयमा अष्ट्रेलिया प्रवेश गरेका विद्यार्थीले मात्रै पाउने जनाएको छ ।

यो सुविधा जनवरी १९ देखि १९ मार्च २०२२ को बिचमा अष्ट्रेलिया प्रवेश गर्ने विद्यार्थी भिषावाहकले पाउनेछन् । विद्यार्थी भिषाको सबक्लासहरु ५००, ५६०, ५७०, ५७१, ५७२, ५७३, ५७४ र ५७५ वहाकले भिषा शुल्क फिर्ता पाउने भएका हुन् । भिषा वाहकले तोकिएको समयमा सन् २०२२ को डिसेम्बर ३१ भित्रमा शुल्क फिर्ता लिन सक्नेछन् । भिषा शुल्क करिब ६३० डलर रहेको छ ।

भिषाबाहकले भिषा शुल्क फिर्ता लिनका लागि १४२४ नम्बरको फारम भर्नुपर्नेछ । जसका लागि सबैभन्दा पहिले गृह मन्त्रालयको यो लिंकमा जानुहोस् । वेवसाइटमा रहेको फारम डाउनलोड गरेर भरेपछि दुइ तरिकाले आवेदन प्रकृया अघि बढाउन सकिन्छ । भिषा शुल्क इमि अकाउन्टमा तिरेकाहरुको हकमा त्यसमा लगइन गरेर म्यानेज पेमेन्टमा जानुपर्छ । त्यसपछि क्रेडिटमा गएर रिक्वेष्ट रिफण्ड थिच्नुपर्छ ।

रेक्वेष्ट गरेपछि पनि अनिवार्य रुपमा १४२४ नम्बरको फारम भर्नुपर्छ । इमि अकाउण्टबाट पैसा तिरेको होइन भने चाहि १४२४ नम्बरको फारम भरे पुग्छ । भरेको फारमलाई आफु बस्ने राज्यको नजिकैको गृह मन्त्रालयको कार्यलयमा पोष्ट गर्नुपर्छ । आवेदन दिएको केही दिनमा भिषावापत तिरेको पैसा तोकिएको बैंक खातामा जम्मा हुन्छ । पोष्ट गर्ने कार्यलयहरुको विवरण यहाँ छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : ३० बजे

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा