ए डिभिजन लिगः आर्मी र जावलाखेलबीचको खेल बराबरीमा सकियो « Khabarhub

ए डिभिजन लिगः आर्मी र जावलाखेलबीचको खेल बराबरीमा सकियो


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन फुटबलअन्तर्गत त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

अन्तिम समयमा सुमन अर्यालले गरेको गोलसँगै त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लबविरुद्ध हार टारेको हो ।

विदेशी खेलाडी ओनगुना जुनियरको गोलमा जावलाखेल आर्मीविरुद्ध जितनजिक रहेको थियो । तर, सुनमले जगजित श्रेष्ठको पासमा बक्सभित्रबाट उत्कृष्ट गोल गरेपछि खेल रोमाञ्चक बराबरीमा सकिएको हो ।

जावलाखेलका लागि ५३ औँ मिनेटमा आनगुनाले गोल गरे । उनले रूपबहादुर लामाको पासमा बक्सभित्रबाट सुन्दर गोल गरेका थिए ।

सुमनले ७ मिनेटको इन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै आर्मी १८ अंकसहित तेस्रो स्थानमा यथावत् छ । जावलाखेल ९ अङ्कसहित ११ औँ स्थानमा छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ७ : ०९ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको