शरीरमा क्याल्सियमको कमी भए के हुन्छ ? « Khabarhub

शरीरमा क्याल्सियमको कमी भए के हुन्छ ?


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरका लागि क्याल्सियम नभई हुँदैन । हड्डी र दाँतको स्वास्थ्यका लागि क्याल्सियम नभई नहुने खनिज तत्त्व हो । तर शरीरमा क्याल्सियम कमी भयो भने के हुन्छ ?

क्याल्सियमले मस्ष्तिकबाट प्राप्त हुने सन्देशलाई कोषसम्म पुर्‍याउन सन्देशवाहकको रूपमा भूमिका निर्वाह गर्दछ । यस्तै शरीरमा हर्मोनको निष्कासन, रगत जम्नु, मांसपेशी खुम्चनु तथा आराम अवस्थामा ल्याउनका लागि समेत भूमिका निर्वाह गर्दछ । तर शरीरमा क्याल्सियमको कमी भयो भने शरीरको आवश्यकता पूर्ति गर्न हड्डी तथा दाँतमा भएको क्याल्सियमको पनि प्रयोग हुन थाल्छ ।

कुनै पनि कारणले शरीरमा क्याल्सियमको कमी भयो भने त्यो अवस्था खतरनाक हुन सक्छ । शरीरमा क्याल्सियमको कमीले गर्दा हुने रोगलाई हाइपोक्याल्सेमिया भनिन्छ । शरीरको रगतमा क्याल्सियमको मात्रा कम हुँदा हाइपोक्याल्सेमिया रोग लाग्छ । यो रोग लामो समय रहेमा र उपचार नगरेमा दाँतसम्बन्धी समस्या, मोतिया बिन्दु, मस्तिष्कमा परिवर्तन र हड्डी मक्किने रोग लाग्न सक्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : ५५ बजे

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड

कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं– राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं– काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग