कोरोना विरुद्धको खोप सहजै उपलब्ध « Khabarhub

कोरोना विरुद्धको खोप सहजै उपलब्ध


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – कोरोना सङ्क्रमण विरुद्धको खोपमा सबैको पहुँच पुर्‍याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ । खोप लगाउन बाँकी रहेका तथा दोश्रो डोज र अतिरिक्त मात्रा (बुस्टर डोज)को खोप सेवा अबदेखि हरेक साताको सोमबार र बुधबार उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत महर्जनका अनुसार हरेक साताको सोमबार विदुर नगरपालिका–२ स्थित शहरी स्वास्थ्य केन्द्र र बुधबार त्रिशुली अस्पतालमा खोप लगाउन बाँकी रहेकादेखि यसअघि खोप लगाइसकेका व्यक्तिहरूलाई थप डोज लगाउन कार्डसहित सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यसैगरी जिल्लाका बाह्र स्थानीयतहले पनि अबदेखि खोप केन्द्र निर्धारण गरेर खोप सेवा उपलब्ध गराउने निर्णय भएको छ । खोप लगाउन सदरमुकाम केन्द्रित गरेर स्वास्थ्य कार्यालयले दुई केन्द्रबाट खोप उपलब्ध गराउने भएकाले जिल्लाभरलाई सोही स्थानमा बोलाउँदा आउजाउको क्रममा सङ्क्रमणको थप जोखिम हुनसक्ने तथा भीडभाड हुनेसक्ने भएकाले पालिकामा नै खोप उपलब्ध गराउन लागिएको हो । त्यसको लागी हरेक महिनाको तोकिएको मिति र केन्द्रबाट खोप सेवा उपलब्ध गराउने गरिने खोप अधिकृत महर्जनले बताए।

सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन सबैभन्दा उपयुक्त उपाय खोपको पहुँच भएकाले १२ वर्ष माथीका सबै व्यक्तिलाई खोप लगाउन आग्रह गरिएको छ । नुवाकोटमा कोरोना रोग विरुद्धको खोप सेवामा सबैको पहुँच पुराई जिल्लालाई कोरोना विरुद्धको खोपयुक्त जिल्ला घोषणाको लागि पनि खोप सेवालाई सहज बनाई सबैलाई समावेश गर्न लागिएको हो ।

जिल्लामा हालसम्म विभिन्न पाँच कम्पनीका तीन लाखभन्दा बढी डोज भित्रिएको छ । खोप कार्यक्रम सुरु भएदेखि हालसम्म नुवाकोटमा कोभिडशिल्ड ६१ हजार ९१०, एक्स्ट्राजेनेका ६७ हजार ७००, भेरोसिल ९५ हजार १००, जोनसोन एण्ड जोनसोन १५ हजार ९१० र मोडर्ना कम्पनीको खोप ६४ हजार ८०० डोज खोप प्राप्त भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : ३३ बजे

नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नागढुंगा सुरुङमार्ग उद्घाटनको अवसरमा नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट