हलेसी तुवाचुङमा लागूऔषधविरुद्ध सडक नाटक प्रदर्शन « Khabarhub

हलेसी तुवाचुङमा लागूऔषधविरुद्ध सडक नाटक प्रदर्शन


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लागूऔषधविरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन भएको छ ।

लागूऔषधको प्रयोगले व्यक्ति, परिवार तथा समाजमा पर्ने नकरात्मक असरका विषयमा सचेतना फैलाउनका लागि नगरपालिकाका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन सुरु गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको सडक नाटक विद्यालयलाई लक्ष्यित गर्दै प्रदर्शन सुरु गरिएको हो ।

सचेतनामुलक सडक नाटक २६ फागुनमा सरस्वती मावि अर्खौले र दुर्छिम माविमा प्रदर्शन गरिएको छ । २७ फागुनमा च्यास्मिटार मावि च्यास्मिटार र महेन्द्रद्धोय मावि हलेसीमा प्रदर्शन गरिने जनाइएको छ । सडक नाटकमा घरको अभिभावक कुलतमा लाग्दा बालबालिकामा पर्ने मनोबैज्ञानिक असर, लागूऔषधको प्रयोगले युवापुस्तामा पर्ने सामाजिक असर सम्वन्धीका विषयवस्तु समेटिएको छ ।

पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको सडक नाटकमा ज्योती राई, जेबि डिसि, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल र तुलसा राईको अभिनय रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ९ : ४६ बजे

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण