लक्ष्मी लघुवित्त बेल्डाँडीले बाड्यो ८ करोड कर्जा « Khabarhub

लक्ष्मी लघुवित्त बेल्डाँडीले बाड्यो ८ करोड कर्जा


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – लक्ष्मी लघुवित्त वित्तिय संस्था कञ्चनपुरस्थित बेल्डाँडी शाखाले चार वर्षमा ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तले १०६ वटा केन्द्रमार्फत कृषि र साना उद्यममा ८ करोड ७ लाख ९२ हजार कर्जा लगानी गरेको हो ।

लक्ष्मी लघुवित्त बेल्डाँडी शाखा प्रमुख भरत गिरीका अनुसार संस्थाले केन्द्रमार्फत २ करोड ४४ लाख ८२ हजार ३ सय २५ रुपैयाँ निक्षेप संकलन गरेको छ। शाखामा १४ सय ७७ जना सदस्य आवद्ध छन् । १० माघ ०७४ मा शाखा स्थापना भएको थियो । त्यसयता विना धितो कार्यक्रम अन्तर्गत ७ सय २६ जनाले ऋण लिएका हुन् ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था बेल्डाँडीको दोस्रो वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम बिहीबार सम्पन्न भएको छ । ३१ नम्बर केन्द्र प्रमुख ईश्वरीदेवी भट्टको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय कार्यालय तथा आन्तरिक लेखा परीक्षण विभागका सहायक प्रबन्धक हरिकृष्ण भट्ट प्रमुख अतिथि थिए । सहायक प्रबन्धक भट्टले संस्थाबाट लिएको ऋणको सही ठाउँमा प्रयोग गर्न आग्रह गरे ।

प्रगति विवरण अनुसार १ सय ५६ जनालाई संस्थामार्फत सुत्केरी सुविधा प्रदान गरिएको छ । पाँच जनाले बिमा क्षतिपूर्ति प्राप्त गरेका छन् भने तीन जनाले काजकिरियाबाफत रकम भुक्तानी लिएका छन् । कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी कनिष्ट सहायक रत्नाकला खत्रीले राखेकी थिइन् भने सञ्चालन सहायक जितेन्द्रप्रसाद जैशीले गरेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १० : ५० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले