अमेरिकी र टर्किस राष्ट्रपतिबीच टेलिफोन वार्ता « Khabarhub

अमेरिकी र टर्किस राष्ट्रपतिबीच टेलिफोन वार्ता


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको छ। सो वार्तामा युक्रेनमा रुसी आक्रमणबारे छलफल भएको जनाइएको छ।

‘राष्ट्रपति बाइडनले आज टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग टेलिफोन वार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुले रूसको अव्यावहारिक र अनुचित आक्रमणको बारेमा साझा चिन्ता व्यक्त गर्नुभएको छ’ अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा दुवै देशले युक्रेनको सरकार र जनताको लागि आफ्नो बलियो समर्थन दाहोर्‍याउँदै रुसी आक्रामणको तत्काल अन्त्यको आवश्यकतालाई जोड दिएका छन् ।

राष्ट्रपति बाइडनले द्वन्द्वको कूटनीतिक समाधानलाई समर्थन गर्ने टर्कीको प्रयासको साथै शान्ति र स्थायित्वलाई प्रवर्द्धन गर्न मद्दत गर्ने क्षेत्रीय नेताहरूसँग टर्कीको हालैको संलग्नताको लागि प्रशंसा व्यक्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ११ : ०५ बजे

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स