बैंकिङ कसुरमा ९ लाख जरिवाना र कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसुरमा ९ लाख जरिवाना र कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुर प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद तोकी फरार रहेका हेटौंडा उपमहानगरपालिका-१७ का ३२ वर्षीय मुन्दिप भुजेल पक्राउ परेका हुन् ।

हाल काठमाडौंको मनमैजुमा लुकिछिपी बस्दै आएका भुजेललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

बैकिङ कसुरमा भुजेलविरुद्ध उच्च अदालत पाटनले १२ मंसिर ०७८ मा नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजायको फैसला गरेको थियो । फैसला गरेसँगै उनी फरार भएका थिए । उनी काठमाडौंमै लुकिछिपी बस्दै आएका थिए । विशेष सूचनाको आधारमा खटिएको अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १२ : ४२ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन