बैंकिङ कसुरमा ९ लाख जरिवाना र कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसुरमा ९ लाख जरिवाना र कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुर प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद तोकी फरार रहेका हेटौंडा उपमहानगरपालिका-१७ का ३२ वर्षीय मुन्दिप भुजेल पक्राउ परेका हुन् ।

हाल काठमाडौंको मनमैजुमा लुकिछिपी बस्दै आएका भुजेललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

बैकिङ कसुरमा भुजेलविरुद्ध उच्च अदालत पाटनले १२ मंसिर ०७८ मा नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजायको फैसला गरेको थियो । फैसला गरेसँगै उनी फरार भएका थिए । उनी काठमाडौंमै लुकिछिपी बस्दै आएका थिए । विशेष सूचनाको आधारमा खटिएको अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १२ : ४२ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख