रुस किभमा भिषण आक्रमण गर्ने तयारीमा « Khabarhub

रुस किभमा भिषण आक्रमण गर्ने तयारीमा


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा भारी आक्रमण गर्नका लागि हतियार तथा सैनिक उपकरण पुन तैनाथ गरेको खुलेको छ । भू उपग्रहमार्फत् लिइएका तस्बीरको विश्लेषणबाट नयाँ तथ्य पत्ता लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्ला २४ घण्टामा भू उपग्रहमार्फत् लिइएका तस्बीरमा रुसले किभको नजिकै रकेट, ट्यांक र अन्य हतियारलाई आक्रमण गर्न तयार अवस्थामा राखेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा रुसी फौज उत्तरी दिशाबाट राजधानी किभ भन्दा केबल ५ किलोमिटरको दूरीमा रहेको बिहीबार मात्रै अमेरिकी सैनिक अधिकारीले बताएका थिए । यसबाहेक उत्तरपूर्वी दिशाबाट पनि रुसी फौज किभतर्फ बढिरहेका छन् । यो दिशाबाट हाल रुसका हतियार एवम् सैनिक उपकरण किभभन्दा ४० किलोमिटर टाढा रहेको बीबीसीले जनाएको छ ।

यसअघि रुसी हतियार र बख्तरबन्द गाडीको लस्कर राजधानी नजिकै रोकिन पुगेको थियो । सो लस्करलाई युक्रेनी फौजले एन्टी ट्यांक हतियारद्वारा आक्रमण गरेको थियो । बिहीबार नै सार्वजनिक भिडियोमा किभ नजिकैको ब्रोभारी शहरमा युक्रेनी फौजले रुसी सैनिक लस्करमाथी आक्रमण गरेको देखिएको थियो ।

अहिले भने किभको उत्तरी क्षेत्रमा रुसी सैनिक आक्रमणका लागि तयार अवस्थामा रहेको बताइएको छ । यद्यपि आक्रमण गर्न तयारी अवस्थामा रहेका हतियार र सैनिक उपकरणको परिमाणबारे केही खुलाइएको छैन ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १२ : ५८ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल