रुसद्वारा पश्चिमी युक्रेनमा आक्रमण, रुसले अर्को युद्धमोर्चा खोल्न लागेको हो ? « Khabarhub

रुसद्वारा पश्चिमी युक्रेनमा आक्रमण, रुसले अर्को युद्धमोर्चा खोल्न लागेको हो ?


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनको पश्चिमी क्षेत्रमा आक्रमण गरेको छ । रुसले पश्चिमी युक्रेनका शहरहरू इभानोफ्राङ्किभ्स्कलुत्स्कका विमानस्थललाई लक्षित गरी हवाई आक्रमण गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

इभानोफ्राङ्किभ्स शहरका मेयर रुस्लान मात्र्सिनकिभले शहरका बासिन्दाहरूलाई हवाई आक्रमणबाट बच्न सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । त्यस्तै, लुत्स्क शहरका मेयरले पनि त्यहाँ रहेको विमानस्थलमा रुसी फौजले आक्रमण गरेको जनाएका छन् ।

यी शहरहरु रुसी फौजले हाल आक्रमण गरिरहेको क्षेत्रभन्दा धेरै टाढा पश्चिमी दिशामा रहेको समाचार संस्था एपीले जनाएको छ । यससँगै रुसले युद्धमा नयाँ दिशामा मोर्चा खोल्न लागेको हुनसक्ने जनाइएको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि विभिन्न मुलुकहरुले नाकाबन्दी लगाएसँगै रुसमाथि आर्थिक दबाब बढ्दै गइरहेको छ । यद्यपि आर्थिक दबाबको बेवास्ता गर्दै रुसले युक्रेनमा आक्रमण जारी नै राखेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १ : १२ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल