रुसद्वारा पश्चिमी युक्रेनमा आक्रमण, रुसले अर्को युद्धमोर्चा खोल्न लागेको हो ? « Khabarhub

रुसद्वारा पश्चिमी युक्रेनमा आक्रमण, रुसले अर्को युद्धमोर्चा खोल्न लागेको हो ?


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनको पश्चिमी क्षेत्रमा आक्रमण गरेको छ । रुसले पश्चिमी युक्रेनका शहरहरू इभानोफ्राङ्किभ्स्कलुत्स्कका विमानस्थललाई लक्षित गरी हवाई आक्रमण गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

इभानोफ्राङ्किभ्स शहरका मेयर रुस्लान मात्र्सिनकिभले शहरका बासिन्दाहरूलाई हवाई आक्रमणबाट बच्न सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । त्यस्तै, लुत्स्क शहरका मेयरले पनि त्यहाँ रहेको विमानस्थलमा रुसी फौजले आक्रमण गरेको जनाएका छन् ।

यी शहरहरु रुसी फौजले हाल आक्रमण गरिरहेको क्षेत्रभन्दा धेरै टाढा पश्चिमी दिशामा रहेको समाचार संस्था एपीले जनाएको छ । यससँगै रुसले युद्धमा नयाँ दिशामा मोर्चा खोल्न लागेको हुनसक्ने जनाइएको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि विभिन्न मुलुकहरुले नाकाबन्दी लगाएसँगै रुसमाथि आर्थिक दबाब बढ्दै गइरहेको छ । यद्यपि आर्थिक दबाबको बेवास्ता गर्दै रुसले युक्रेनमा आक्रमण जारी नै राखेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १ : १२ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली