मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेस आवश्यक –नेता पाण्डे « Khabarhub

मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेस आवश्यक –नेता पाण्डे


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले देशको आर्थिक समृद्धिका लागि कांग्रेसकै नेतृत्व आवश्यक पर्ने बताएका  छन्  ।

विगतका कांग्रेसको नेतृत्वका सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा आर्थिक समृद्धि क्षेत्रमा महत्वपूर्ण काम गरी जनताको जीवनस्तर माथि उकास्ने काम गरेको थियो । आगामी दिनमा पनि देश विकास लागि कांग्रेसको नेतृत्व आवश्यक छ, उनले बताए ।

बैतडीको शिवनाथ गाउँपालिकाको सुल्ले खानमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेस जननायक बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादमा अगाडि बढेको छ उल्लेख गरेका थिए ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेपालको प्रजातान्त्रिक समाजवादका व्याख्याता हुन्, सोही बाटोमा कांग्रेस हिँडिरहेको छ । हामी कसैको विरोध गर्दैनौ । उनले नेपालका कम्युनिष्ट गलत बाटोमा बरालिएका आरोप समेत लगाए  ।

सहमहामन्त्री पाण्डेले भने राष्ट्रियता नारा लगाएर मात्रै हुँदैन । देशका लागि केही गर्नुपर्छ । नीति, विचार र सिद्धान्त नै नभएकाले राष्ट्रियताको कुनै अर्थ हुँदैन । कम्युनिष्टले जनताका पक्षमा कहिले पनि काम गर्न सक्दैनन् । देश विकासका लागि कांग्रेस नै चाहिन्छ ।

एमसीसीका विषयमा नेपाली कांग्रेस जहिले पनि प्रष्ट रहेको जनाउँदै एमसीसी अनुदान सहयोग भएकाले त्यसलाई संसद्बारा पारित गरेको स्पष्ट पारेका थिए ।

एमसीसी धनी देशले गरिब देशलाई अनुदान दिने कार्यक्रम हो, यो अनुदानले राष्ट्रको हितमै काम गर्छ । एमसीसी कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री भएकै बेलामा अगाडि बढेकाले अहिले उनीहरूले विरोध गरेको कुनै अर्थ नहुने उनले बताए ।

नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दका अध्यक्षतामा सम्पन्न सो सभामा नेकपा (एमाले)बाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द, कार्यपालिका सदस्य राजेन्द्र दयाल लगायत नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  २ : ३७ बजे

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण