त्रिभुवन विमानस्थलबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जना पक्राउ « Khabarhub

त्रिभुवन विमानस्थलबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जना पक्राउ


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राहदानी नम्बर एबी २८७६४६६ वाहक ३२ वर्षीया वानविसा जन्तासन र राहदानी वन्बर एबी २८७९४३० वाहक ४१ वर्षीया वारापोर्न खुनसोमबाट रहेका छन् ।

उनीहरुलाई विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई हजार दरको चार थान र पाँच सय दरको ५७३ थान गरी कूल २ लाख ९४ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको छ ।

उनीहरु भिस्टार एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट भारतको नयाँ दिल्ली जान लागेको थिए । उनीहरुलाई एक्सरे मेसिनमा जाँच गर्ने क्रममा साथमा प्रतिबन्धित भारतीय रुपैयाँ फेला परेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ३ : १७ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई