काठमाडौँमा मोटरसाइकल चोरी गर्ने ५ जना पक्राउ « Khabarhub

काठमाडौँमा मोटरसाइकल चोरी गर्ने ५ जना पक्राउ


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई गोकर्णेश्वर नगरपालिका–५ बाहुनधाराबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने २० वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, गोकर्णेश्वर बस्ने २४ वर्षीय योग राज लिम्बु, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने २० वर्षीय दिपेश मगर र गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने २४ वर्षीय विशाल राना रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई ५ थान चोरीका मोटरसाइकल र २ वटा साइकलसहित फेला पारी पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई उनीहरुमाथि महानगरीय प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ३ : २९ बजे

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित