समाचार

२४ घण्टामा ७७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

By खबरहब

March 11, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने १८९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ५ हजार २१२ जना सक्रिय संक्रमित रहेका छन्।

२४ घण्टामा १ लाख २६ हजार १ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।