इन्जिनियर एशोसिएसनको मतदान जारी « Khabarhub

इन्जिनियर एशोसिएसनको मतदान जारी


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालभरका इन्जिनियरको छाता संस्था नेपाल इन्जिनियर एशोसिएसन (नेइए)को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ ।

एशोसिएसनको ३३ औँ कार्यकारिणी समितिका लागि आज देशभरका सातै प्रदेशको १४ स्थानमा एकैसाथ मतदान भइरहेको छ ।

निर्वाचनका लागि पाँच समूहको प्रतिस्पर्धा छ । सत्तारुढ दल नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)ले इ डा हरिबहादुर दर्लामीको समूहलाई उम्मेदवार बनाएको छ ।

उक्त उम्मेदवारप्रति रुष्ट बन्दै कांग्रेसकै दिलीपकुमार झाको नेतृत्वमा अर्को समूहसमेत चुनावी मैदानमा होमिएको छ । यस्तै नेकपा एमाले निकट राष्ट्रिय प्रगतिशील गठबन्धनका इ डा सुरज लामिछाने, नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) एकीकृत प्रगतिशील समूहका तर्फबाट इ डा हरिराम पराजुली र नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियर समाज नेपालका इ राजेन्द्रप्रसाद हाडाको समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचन समिति संयोजक इ घनश्याम भट्टराईले बिहान ९ बजेदेखि सुरु भएको मतदानमा हालसम्म काठमाडौँमा मात्र दुई हजारभन्दा बढी मत खसिसकेको जानकारी दिए ।

निर्वाचन समितिले २५ बुथमा मतदानको व्यवस्था मिलाएको र काठमाडौँमा मात्र ११ हजारभन्दा बढी मतदाता छन् । देशभरका १४ स्थानमा बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । देशभर २१ हजार ६८० मतदाता छन् । निर्वाचनले २५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुने एशोसिएसनले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ४ : ५२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले