इस्लामिक स्टेटद्वारा आफ्ना नेता मारिएको पुुष्टि | Khabarhub Khabarhub

इस्लामिक स्टेटद्वारा आफ्ना नेता मारिएको पुुष्टि


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आतङ्कवादी संगठन इस्लामिक स्टेटले आफ्ना नेता मारिएको पुष्टि गरेको छ । गएको महिना अमेरिकाले सिरियामा इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशी मारिएको दाबी गरेको थियो ।

आफूलाई इस्लामिक स्टेटका प्रवक्ता बताउने  अबु ओमर अल मुहाजिरले अबु इब्राहिम अल कुरेशीसंगठनका प्रवक्ता अबु हम्जा अल कुरेशी ‘हालैका दिनहरुमा’ मारिएको पुष्टि गरेका हुन् ।

उनका संगठनले अनुसार अबु अल हसन अल हाशिमी अल कुरेशीलाई नयाँ नेता चुनेको छ । नयाँ नेताले संगठनको नेतृत्व गर्न स्वीकार गरिसकेको जनाइएको छ ।

इस्लामिक स्टेटका नयाँ नेता को हुन र उनको अरु पहिचान के हो भन्ने अझै स्पष्ट नभइसकेको अल जजिराले जनाएको छ ।

गत फेब्रुअरी ३ मा ५० सदस्यीय अमेरिकी विशेष सुरक्षा फौजले उत्तरपश्चिमी सिरियाको आट्मेह शहरमा कारवाही गर्दा अबु इब्राहिम मारिएको दाबी गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : ०० बजे

आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच खेल हुँदै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आज एक खेल

अठार वर्षपछि सडक कालोपत्र

म्याग्दी– जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि

जसपामा जन्मियो तेस्रो धार, पहिचानवादी मोर्चाको घोषणा

उपेन्द्र यादव र अशोक राईको नेतृत्वमा विभाजित बनेको जनता समाजवादी

कोशीमा एमाले-माओबादीले दाबी पेस गर्दै

काठमाडौं– कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ। बुधबार

एस्ट्राजेनेकाले विश्वभरबाट कोरोनाविरुद्धको खोप फिर्ता लाने

काठमाडौं – एस्ट्राजेनेका कम्पनीले विश्वभर रहेका कोरोनाविरुद्धको खोप फिर्ता लैजाने