‘म जनताका लागि काम गर्न प्रतिबद्ध छु’: मन्त्री आले « Khabarhub

‘म जनताका लागि काम गर्न प्रतिबद्ध छु’: मन्त्री आले


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले सदैव जनताका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले आज काठमाडौँमा गरेको कार्यक्रममा मन्त्री आलेले अग्रज नेताहरूले देखाएको बाटोमा आफू सदैव हिड्ने र जनताका लागि काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि बाचा गरे ।

मन्त्री आलेले दलित, जनजातिलगायत समुदाय विगतदेखि राज्यको उत्पीडनमा परेकाले यी समुदायको उत्थानका लागि आफू सधैँ प्रतिबद्ध रहेको पनि बताए ।

दलित समुदायको वृत्ति विकास र हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य सहयोगका लागि मन्त्रालय सधैँ सकारात्मक रहेर काम गर्नेसमेत उनले बताए ।

कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताविरुद्धको अभियानमा योगदान पुर्‍याउने तीन जनालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : २७ बजे

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा

‘ताल फुटे पनि बुधबारको जस्तो भीषण बाढी आउँदैन’

विपद् जोखिम न्यूनीकरण प्राधिकरणकी प्रवक्ता शान्ति महत रसुवाको नेपाल-चीन सिमानामा