आफूहरूले दर्ता गराएकै चुनाव चिह्न पाउनुपर्ने साना दलको माग « Khabarhub

आफूहरूले दर्ता गराएकै चुनाव चिह्न पाउनुपर्ने साना दलको माग


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगका पदाधिकारी र विभिन्न दलका नेताहरूबीच चुनाव हुने खर्चको सीमा, चुनाव चिह्नलगायत विषयमा छलफल भएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारीबारे आज गरेको छलफलमा उनीहरूबीच निर्वाचनका क्रममा हुने खर्चको सीमा, खर्चको नियमन, आचारसंहिता, चुनाव चिह्नलगायत विषयमा छलफल भएको हो ।

छलफलमा साना दलका प्रतिनिधिहरूले निर्वाचनका लागि माग गरिएको चुनाव चिह्न पाउनुपर्ने जिकिर गरेका थिए ।

उनीहरूले निर्वाचन आचारसंहिता कडाईका साथ पालना गराउनुपर्ने सुझाव पनि दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रिय मान्यता प्राप्त दल बाहेक ७३ दलले आफूले प्रस्ताव गरेको चुनाव चिह्न पाउनुपर्ने माग गरेको र कानुनमा भएको व्यवस्थाअनुसार नै अघि बढ्ने जानकारी गराएको पनि उनले बताए ।

निर्वाचनलाई मितव्ययी बनाउन चुनाव खर्च घटाउने प्रस्ताव गरेको र दलहरूको सकारात्मक सुझाव प्राप्त भएको पौडेलले बताए ।

छलफलपछि माओवादी केन्द्र नेता लिलामणि पोखरेलले निर्वाचनमा हुने खर्चको नियमनको उचित प्रबन्ध हुनुपर्ने बताए ।

निर्वाचन प्रचारप्रसारका क्रममा हुने सामाजिक सञ्जालको दुरुपयोगको नियमन गर्ने छुट्टै साइबर क्राइम ब्यूरो बनाउने तयारी रहेको जानकारी प्राप्त भएको पनि उनले बताए ।

त्यस्तै, लोसपाका नेता केशव झाले मतदानको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले निर्वाचनमा भाग लिन पाउने व्यवस्था सकारात्मक रहेको बताए ।
उनले मतपत्रको रंग हरियो राख्नुको कारण आयोगले जानकारी गराएपछि विवाद नभएको बताए ।

त्यसैगरी, राप्रपाका नेता भुवन पाठकले निर्वाचनमा आफूहरूले दर्ता गराएको चुनाव चिह्न नै पाउनुपर्ने माग गरे । उनले निर्वाचनमा भाग लिने कुनै पनि दलसँग भेदभाव गर्न नहुने तर्क गरेका छन् ।

छलफलमा एमालेका प्रतिनिधिहरूले मतपत्रमा चुनाव चिह्न हरियो बनाइएको भन्दै आयोगको ध्यानाकर्षण गराएका थिए ।

वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले तीव्र रूपमा तयारी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ५५ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा, स्कटल्यान्ड बाहिरियो

काठमाडौँ – निकोला भ्लासिचले खेलको उत्तरार्धमा गरेको उत्कृष्ट गोलको मद्दतले

आज २०८३ साल असार १४ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०