गर्मीमा बाहिरको खानेकुराबाट टाढै रहनुपर्छ « Khabarhub

गर्मीमा बाहिरको खानेकुराबाट टाढै रहनुपर्छ



गर्मी मौसम सुरु भएको छ । गर्मीको समयमा विभिन्न स्वास्थ्य समस्या पनि देखिने गरेका छन् । यस्तो बेला हुने समस्या तथा समाधान कसरी गर्ने ? यसबारे खबरहबका लागि विना न्यौपानेले ग्रान्डी अस्पतालका डा. प्रशान्त त्रिपाठीसँग गरेको कुराकानीको सम्पादित अंशः

गर्मी सुरु हुने समयमा के–के समस्या देखिन्छ ?

गर्मीको बेलामा प्रमुख रूपमा देखिने भनेको एलर्जीको समस्या हो। जब फूलहरू फुल्न थाल्छन्, त्यसको परागबाट, धुलोधुवाँ धैरै हुने कारणले श्वास प्रश्वाससबन्धी समस्या र दमको समस्या भएकालाई यसले बढी असर गर्ने देखिन्छ। साथै मौसमी तापक्रम बढ्दै गएपछि विभिन्न किसिमको सरुवा रोगहरू झाडापखाला, टाइफाइड, हेपाटाइटिस जस्ता रोग बढ्न थाल्छन्। अर्को तापक्रम बढेसँगै लामखुट्टे पनि बढ्न थाल्छ । सामान्यतया डेंगू, मलेरीया जस्ता रोग देखिन्छन् ।

एलर्जी कुन उमेर समूहलाई बढी देखिन्छ ?

एलर्जीको समस्या भने जुनसुकै उमेर समूहमा देखिन्छ । एलर्जीको रूपमा कति जनालाई रुघाखोकी लाग्ने, हाच्छ्यू आउने, छालामा डावर आउने हुन्छ । कति जनालाई एलर्जी बढेर दमको अथवा आस्थामा हुने गर्दछ।

श्वास–प्रश्वाससम्बन्धी समस्या भएकाले एलर्जी भएको भनेर कसरी थाहा पाउने ?

एलर्जी कहाँ भएको छ भनेर पत्ता लगाउनु पर्छ । तारन्तार हाच्छ्यू गर्ने, सिगान बगिरहने, नाक बन्द हुने, खोकी लाग्ने जस्ता मुख्य समस्या देखा पर्दछ। कोही कोहीलाई श्पासप्रश्वास नलीको तललो भागमा एलर्जी भएर दम हुने समस्या देखा पर्दछ। उठ्दा हिड्दा स्याँस्याँ हुने, छाती घयारँ घयारँ गर्ने, आवाज आउने जस्ता समस्या आयो भने एलर्जी बुझनु पर्दछ। छालामा डावर आउने, चिलाउने हुन्छ।

एलर्जी जटिल अवस्थामा पुग्यो भने अस्पतालमा कसरी उपचार गर्न सकिन्छ ?

सामान्यतया एलर्जी जटिल अवस्थामा पुग्दा गाह्रो हुन्छ । यो बेला शरीरमा अक्सिजनको मात्रा कम भएर हात खुट्टा र मुख निलो हुन सक्छ। हामीले बिरामीलाई हेरेर श्वासप्रश्वास खुल्न बाफ लिने औषधि, इन्जेक्सनबाट दिने आदि गरेर उपचार गर्छौँ ।

के–के खाना खाँदा राम्रो हुन्छ के खान हुँदैन ?

कुनै रोग भाइरस र ब्याक्टेरियाबाट सर्ने गर्छन् । हामीले हेर्दा देखिने रोग भनेको टाइफाइड, झाडा बान्ता, पखाला, हेपाटाइटिस ए जस्ता रोग बढी हुन्छन् । यसबाट बच्न विशेष गरी सरसफाइमा ध्यान दिनुपर्छ । मौसमको फेरबदल हुँदा सफा खानेकुरा खानुपर्छ। कति जनालाई अन्डाको एलर्जी हुन्छ। कति जनालाई सी फुडको एलर्जी हुन्छ । आफूलाई के को समस्या छ त्यो बुझेर खानु पर्दछ। सधैँ खाने कुराहरू पनि सफासँग खान सकिन्छ । फलफूल, साग सब्जी हरियो तरकारी खायो भने राम्रो हुन्छ । बाहिरको खानेकुराबाट टाढै रहनु पर्छ ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?

यस्तो समयमा वृद्धवृद्धा, बालवालिका र औषधि खानेहरूले बढी विचार पुर्याउनु पर्छ। सरसफाइमा ध्यान दिने, मास्क लगाएर हिड्ने गनुपर्छ । श्वासप्रश्वाससम्बन्धी समस्या भएकोले अझै बढी विचार पु¥याउनु होला भन्न चाहन्छु । प्रस्तुती : विपना थापा

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : २५ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका