'सानैमा आमा गुमाएँ, उहाँको नाममा ट्याटु खोपेको छु' | Khabarhub Khabarhub

‘सानैमा आमा गुमाएँ, उहाँको नाममा ट्याटु खोपेको छु’

पारा तेक्वान्दोलाई ध्यान दिए पेरिस ओलम्पिकमा मेडल जितिन्छ


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय खेलकुदमा युवाहरुको आकर्षण भएको खेल हो, पारा तेक्वान्दो । जुन खेलमा पछिल्लो समय सानै उमेरका बालबालिकादेखि युवासम्म आकर्षित छन् । खेलकुदसँगै आफ्नो शरिर सुगठित बनाउन र व्यक्तिगत सुरक्षाका लागि पनि उपयोगी मानिने पारा तेक्वान्दो अरु खेलभन्दा रोचक र चुनौतिपूर्ण छ । तर राष्ट्रिय खेलकुद परिषद् लगायतका संघ संस्थाले यो खेललाई त्यति ध्यान दिएका छैनन । पारा तेक्वान्दोमा क्षमतावान खेलाडी उत्पादन र प्रशिक्षित भए मात्रै अन्तर्राष्ट्रिय मेडल जित्न सकिन्छ भन्ने प्रशिक्षकहरुको भनाई छ । यसै सन्दर्भमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामासँग उनको बाल्यकालको संघर्षदेखि, खेलाडीमा सफलता र प्रशिक्षकसम्मको यात्राको बारेमा खबरहबका लागि विद्या लामाले गरेको कुराकानीको सम्पादित अंशः

तपाईको बाल्यावस्था कसरी बित्यो ?
म जन्मेको मकवानपुरमा हो । तर हजुरबुबा यहीँ काठमाडौँमा हुनुहुन्थ्यो, त्यसपछि यत्तै आयौँ । सानैमा मेरो आमा बित्नुभयो परिवारका अरु सदस्यको मायाले हुर्केँ । अझ विशेष गरेर मेरो हजुुरबुबाको मायामा रमेँ । कहिलेकाही आमाको अभाव त अवश्य नै खड्किन्छ । तर पनि आजको अवस्थामा आउँदा उहाँको आर्शिवादले यहाँ आइपुगे जस्तो लाग्छ । बाल्यअवस्थामा पढाइ त थियो नै । तर अन्य क्रियाकलापमा भाग लिन रुचाउँथे । जसमा खेलकुद, गितार बजाउने तथा अन्यमा मेरो झुकाव बढेर गयो । खेल्ने क्रममा कराते पनि सुरु गरियो । खेलकुदमा सबैले लाग्नु भन्ने हौसला दिनुभो । यसरी नै खेल जीवनको यात्रा सुरुवात भयौँ ।

तेक्वान्दो खेलाडी बन्छु र सफल खेलाडी बन्छु भन्ने कसरी सोच आयो ?
खेलकुदमा लाग्न खेल भनेको मनबाट आउनुपर्छ । जसका कारण आफ्नो लगावलाई आत्मसात गर्न सकिन्छ । विभिन्न खेल खेल्ने क्रममा फुटबल खेलिन्थ्यो । जसका कारण कोचहरूको आवश्यकता पर्दैनथ्यो । त्यसपछि क्रिकेट खेल्न्थियो । खेल्ने क्रममा अन्याज गुरुले सिकाउनु हुन्थ्यो । उहाँको प्रेरणाले तेक्वान्दोमा लाग्दै गयौँ । विभिन्न कार्यक्रममा भाग लिने क्रममा मेडलहरू जित्दै जान थालेँ । यसले गर्दा थप हौसला मिल्यो । यसरी अगाडि बढिरहेँ । जति खेल्यो त्यति नै हार्ड वर्क देखेँ । जसले गर्दा खेल प्रतिको मोह झन् बढेर गयो । खाली समयको सदुपयोग गरेर मैले आफ्नो खेलकुद गतिविधिलाई अगाडि बढाएँ ।

तेक्वान्दो खेलाडीको रूपमा अघि बढिरहँदा यसमा लागेर जीवन निर्वाह गर्न सकिदैन, छोड्नुपर्छ भन्ने कुरा आयो कि आएन ?
सुरुवाती चरणमा खेलाडी जीवन भनेको सघंर्ष नै हुन्छ। मलाई घरपरिवारले ब्रिटिश आर्मीका लागि भिड्नु पर्छ भन्नुहुन्थ्यो । तर हाइट नपुगेको कारण त्यो सफल हुन सकेन । यता ओलम्पिकमा भाग लिन पनि हाइटले दिएन । तर खेलप्रतिको मोहलाई कायमनै राखेँ । जसका कारण जुनियर खेलमा अगाडि बढ्न सफल भएँ जस्तो लाग्छ । आर्थिक रूपमा सम्पन्न हुन नसके पनि अन्तराष्ट्रिय स्तरमा पदकहरू हात पार्दा एकदम गर्व महसुुस भयो । सबैले राम्रो खेल्दै छौँ भनेर प्रोत्साहित गर्नुहुन्थ्यो । सायद त्यही भएर पनि यसैमा आफनो जीवन अगाडि बढाएँ ।

नेपालको सन्र्दभमा पारा तेक्वान्दोको प्रशिक्षक भइरहँदा राज्यबाट अरु खेलभन्दा पारा तेक्वान्दो ओझेलमा परेको जस्तो लाग्दैन ?
पारा तेक्वान्दो ओझेलमा त परेको छ । अहिले हामीसगँ पारा ओलम्पिक कमिटी २ वटा छ । एउटा राष्ट्रिय रूपमा दर्ता गरिएको छ, अर्को अन्तराष्ट्रिय कमिटीमा दर्ता गरिएको छ । राज्यको सुविधा लिन खेलकुद मन्त्रालयअन्र्तगतको राष्ट्रिय तेक्वान्दोमा जानु पर्ने हुन्छ । जसलाई अन्तराष्ट्रिय रूपमा मान्यता छैन । हामीले खेल्ने भनेको एसियन र अन्तराष्ट्रिय तेक्वान्दो खेल्ने हो । हाम्रो लक्ष्य भनेको त देशको लागि प्रतिनिधित्व गर्ने हो । देशलाई पदक ल्यानु हो नि त । हाम्रो दर्ता भएको अन्तराष्ट्रिय पारा तेक्वान्दो ओलम्पिकमा गयो भने विडम्वना बजेट नै छैन भन्छ । खेलाडीको चाहाना भनेको पनि अन्तराष्ट्रिय रूपमा रेङकिङ ल्याउनु नै हुन्छ । त्यसका खेलाडीको आफनो प्रतिभा देखाउनबाट बञ्चित हुन्छन् ।

अहिले हाम्रो ताइवान्दो संघको तर्फबाट सहयोग भइरहेको छ । त्यसले नै खेलाडी अन्तराष्ट्रिय रूपमा प्रतिस्पर्धा गरिरेहका छन् । राज्यले साफ र एसियन गेममा मेडल आउँछ कि ? तेस्रो पदक आउँछ कि भनेर मात्र हेर्ने गर्छ । ओलम्पिकमा गयौँ भने त्यसमा जानु नै ठुलो कुरा हो भनेर चित्त बुझाउनु पर्ने अवस्था छ । अन्य खेल जस्तो पारामा राज्यले सहयोग गरेको देखिँदैन । पारालाई राष्ट्रिय खेलकुद परिषद्, सरकार र सम्बन्धित निकायले ध्यान दिएको खण्डमा पेरिस ओलम्पिकमा मेडल ल्याउन गाहो छैन । हाम्रो खेलाडीहरू पनि कमजोर छैनन् ।

अस्ति भर्खर अहिलेसम्मको पारा तेक्वान्दोका इतिहासमा टोकियो ट्वान्टीमा पलेसा गोर्वदनले २ फाइट जितेरै देखाको हो । योभन्दा अगाडि १९८८ विद्यान लामाले डेमोस्टे«शनमा फाइट जितेरै लेर आएको थियो । यो पालि पनि हाम्रो लक्ष्य पारा ओलम्पिकमा जित्ने लक्ष्य थियो । तर चीनका खेलाडीसँग बराबर भएर पराजय भोग्नु पर्यो । २ फाइटमा अमेरिकालाई जितेको हो नि । सर्भियालाई जित्नु पनि नेपालको लागि गौरवको कुरा हो । सरकारले ध्यान दिएको खण्डमा पेरिस ओलम्पिकमा मेडल आउछ । राज्यले सगंगठन र बजेटको परिपुर्ति गर्ने काम गर्नुपर्दछ ।

पारा तेक्वान्दोमा लागेर जीवन निर्वाह गर्न सक्ने अवस्थामा छ ?
पारा तेक्वान्दोमा म अहिलेसम्म भोलेन्टियरको रूपमा रहेको छु । परिवारको सवालमा यो पेशामा लागेर जीवन निर्वाह गर्न त गाहो छ । जीवनको सन्र्दभमा गासँ, बास कपास त चाहियो । अवश्य पनि निर्वाह गर्न गाहो छ । तर मेरो परिवारको सर्पोट छ । म एन्फामा सहायक एजुक्युटिभ जीएसको रूपमा आबद्ध भएको हुनाले आम्दानी बाटो छ । आर्थिक रूपमा यसले जीवनस्तर नउकासे पनि राष्ट्रको लागि खेल क्षेत्रबाट प्रतिनिधित्व गर्न पाउँदा गौरव लाग्छ । समाजामा आफनो प्रतिष्ठा आर्जन गरेको छु । जुन कुराले आपफूमा गौरव लाग्छ ।

एकातिर राष्ट्रिय खेलाडी, अर्कातिर एन्फामा पनि आबद्ध हुनुहुन्छ । कसरी व्यवस्थापन कसरी गरिरहनुभएको छ । ?
फुटबलप्रति मेरो सानैदेखि लगाव पनि थियो । म सहायक प्रशासन हेर्ने भएकोले बिहान पारा तेक्वान्दो प्रशिक्षण सातदोबाटोमा छ । त्यही हुन्छ । दिउँसो एन्फामा आबद्ध हुन्छ । यसरी नै आफनो समयको व्यवस्थापन गरिरहेको छु ।

राष्ट्रिय प्रशिक्षक हुन कसरी अवसर जुटाउनु भयो ?
सन् २०१५ मा मेरो कल्याण कुवँर साथी हुनुहुन्थ्यो । २०१३ मा नेपालको पहिलो खेलाडी पाराको यादव कुवँर गुरु हुनुहुन्छ । उहाँले पारा तेक्वान्दोको टिम बनाउनुपर्छ भन्ने सोच बनाउनुभएको रहेछ । सोही क्रममा तिमी पनि आउनु भन्नु भयो । त्यसपछि दिपक विष्ट गुरु, साथी कल्याण यसरी टिम पुराभएपछि संस्था स्थापना भयो । उहाँहरूले अब तिमी थर्ड क्लासकोे इन्टरनेशनल ताइक्वान्दोको प्रशिक्षक हौँ । अब तिमीले प्रशिक्षण दिनुपर्छ खेलाडीलाई भन्नुभयो । त्यही क्रममा २०१५ मा मैले प्रशिक्षकको जिम्मेवारी पाएँ । सोही क्रममा २०१६ नेपालको पारा तेक्वान्दोलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनु पर्छ यसरी हुदैँन भन्ने कुरा हाम्रो टिममा भयो । २०१६मा हामीले कोरियाको मुजुमा गएर तेक्वान्दोको आफनै खर्चमा १६ दिने कोर्ष ग¥यौँ । यसरी मेरो यात्रा प्रशिक्षकको रूपमा सुरु भयो ।

आज आफूलाई एक सफल खेलाडीको रूपमा चिनाउँन पाउँदा र विगतलाई फर्केर हेर्दा कस्तो अनुभुति पाउनुभयो ?
म आफूलाई सफल खेलाडी चाहिँ भन्दिनँ । तर म एक सफल पारा प्रशिक्षक भन्न चाहिँ रुचाउछु । सफल भनिहाल्न मन लाग्दैन । सफल हुनलाई त ओलम्पिकमा र एसियन गेममा मेडल ल्याउनुपर्छ । त्यो अवस्थामा पुगिसकेको छैनौँ । भोलिका दिनमा म हुन्छु हुन्न थाहा छै । तर मैले सिकाएको खेलाडीले ओलम्पिक गेम र पेरिस ओलम्पिकमा मेडल ल्याउँछ भने त्यो नै मेरो लागि सफलता हुनेछ । आजसम्म ५ वटा अन्तराष्ट्रिय गेममा जादाँ हामीले पारा तेक्वान्दोमा ६ वटा मेडल ल्याउन सफल भएका छौँ । ओलम्पिकमा मात्र मेडल ल्याउन सकेनौँ । एसियन युथ गेममा पारा तेक्वान्दोबाट स्वर्णसहित ३ वटा मेडल ल्याउन सफल भएका छौँ । वल्र्ड च्याम्पियनमा र एसियनमा च्याम्पियनसिपमा र डब्लु टी प्रेसिडेटन रिजनमा पनि मेडल भित्राउन सफल भएका छौँ । यसरी नेपालको प्रतिनिधित्व गर्दै मेडल ल्याउन पाउँदा सफलनै जस्तो लाग्छ । जुन अहिलेसम्म नेपाली खेलाडीले ताइवान्दोमा ल्याउन धेरै गाहो छ । जुन हाम्रो लागि गौरवको विषय थियो । आजसम्म पाराबाट नेपाली खेलकुद जगतमा १७ वटा मेडल भित्रयाउन सफल भएका छौ । जुन सहज थिएन । सरकारले यसको मुल्यांकन गर्नुपर्छ ।

तपाईको जीवनका खेल क्षेत्रमा लागेर के के पाउनुभयो ?
मैले आफनो खेल जीवनमा २०१५ मा पारो तेक्वान्दोको प्रशिक्षको रूपमा जिम्मेवारी पाएँ । अन्तराष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षकको प्रमाणपत्र पाएको छु ।
यस्तै पारा ओलम्पिक र एसियन युथ पारा गेमको प्रशिक्षणको रूपमा पनि छु । २०१७ मा कुकिवान र नेपाल तेक्वान्दो एसोसियसनको फाइभ डेन ब्ल्याक बेल्टको रूपमा परिचित भएको छु । नेपाल फुटबल महासंघ एन्फामा पनि कार्यकारी सहायक पदमा आबद्ध हुने अवसर पाएको छु ।

प्रशिक्षक हुनुहुन्छ भने सफल खेलाडीका रूपमा पनि चिनिनुहुन्छ । आफूले मुल्यांकन गर्दा केमा सफलता पाएँजस्तो लाग्छ ?
मे सफलता पाओस्, विदेश जान पाउछु भन्ने लागेर आबद्ध भएको होइन । आफूमा इच्छा शक्ति भएको र फरक क्षमता भएको खेलाडीलाई प्रशिक्षण सहयोग दिन पाउँदा उनीहरूमा आत्माविश्वास बढ्छ भन्ने हेतुले म लागेको हुँ । तर मलाई यसरी आफना खेलाडीलाई प्रशिक्षण दिइरहँदा ओलम्पिकमा उनीहरूसगँ बसेर कोचको रूपमा गेम हेर्न पाउँछजस्तो लागेको थिएन् । जुन मेरो लागि कल्पनाभन्दा बाहिर थियो । अझै पनि ओलम्पिकमा मेडल ल्याउन भने बाँकी रहेको छ । जुन पूरा हुन्छ भन्ने आशा गरेको छु ।

युवा खेलाडीहरू शोखका रूपमा दुई दिन आउनुहुन्छ । तर यो पेशामा लागेर आफनो क्यारियर बन्दैन भन्ने सोच पनि छ । उहाँहरूलाई के सन्देश दिन चाहानुहुन्छ ?

आफूमा भएको प्रतिभा लुकाएर नराख्नू, समाजमा उदारणीय बन्नु, तपाईसँग क्षमता छ तर त्यसलाई प्रस्तुत गर्न डर र लाज लाग्छ भनेर नबस्नू। पारामा आज हामीसगँ भएका खेलाडी, पलेशा गोर्वद्धन, सिर्जना घिसिङजस्तै हजारौँ खेलाडी हामीलाई आवश्यक छ । ओलम्पिकमा एकजना खेलाडीले मात्र प्रतिनिधित्व गरेर शान देखाउन सक्ने अवस्था छैन । आफूमा इच्छाशक्ति छ भने आउनुस् । देशको नाम र आफनो प्रतिभालाई उजागर गरौँ भन्न चाहन्छु । ताइक्वान्दोमा नै लाग्नु पर्छ भन्ने छैन । तपाईलाई जेमा लगाव छ, त्यसमा नै आफनो कर्म गर्नुस्। आफूमा भएको कलालाई बाहिर ल्याउनुस् । त्यसमा दक्षता हाँसिल गर्नुस् । बढीभन्दा बढी सफलता आफैँ मिल्छ भन्न चाहान्छु ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ५५ बजे

लेखक बज्राचार्यको ‘स्तूप र चैत्य’ पुस्तक परिमार्जनसहित प्रकाशित

काठमाडौं– लेखक सुमति बज्राचार्यद्वारा लेखिएको पुस्तक ’स्तूप र चैत्य’ परिमार्जनसहित

बैंककमा ओली र मोदीबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच

ब्रोकर एसोसिएसन टोलीले नेप्सेका सिइओ चापागाईँलाई दिए बधाई 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीइओ)

चैत १५ को घटनाविरुद्ध सडकमा उत्रियो राप्रपा (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौंमा विरोध जुलुस निकालेको

एकीकृत समाजवादी सल्यान अध्यक्षमा गौतम

सुर्खेत– नेकपा एकीकृत समाजवादी सल्यानको जिल्ला अध्यक्षमा रमेश गौतम निर्वाचित